Subscribe Twitter FaceBook

Pages

Saturday, July 23, 2016

बन्द भयो विश्वको सबैभन्दा ठूलो पाइरेसी वेबसाइट

Advertisements:

kickass1विश्वको सबैभन्दा वृहत अनलाइन पाइरेसी साइटको रुपमा रहेको किकएस टोरेन्ट बन्द भएको छ ।


अमेरिकी सरकारले यो वेबसाइट बन्द गराउँदै वेबसाइटका संस्थापकलाई पक्राउ गरेको छ । किकस टोरेन्टका संस्थापक युक्रेनी नागरिक आर्टेम भलिनलाई आपराधिक कार्यमा संलग्न भएको अभियोग लगाई पक्राउ गरिएको हो ।


उनीमाथि अवैध रुपमा कपी गरिएका एक अर्ब डलर मूल्य बराबरका फिल्म, संगीत लगायतका विभिन्न सामाग्रीहरु पाइरेसी गरेको अभियोगमा आर्टेम विरुद्ध उजुरी परेको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ । दुनियाकै ठूलो पाइरेसी साइट टोरेन्टका संस्थापक आर्टेम जम्मा ३० वर्षका मात्र छन् ।


बुधबार उनलाई पोल्याण्डबाट पक्राउ गरिएको हो । उनीमाथि प्रतिलिपि अधिकार कानूनको उल्लंघन गरेको, मुद्रा निर्मलीकरण गरेको लगायतका विभिन्न अभियोगमा मुद्धा हालिएको छ ।


उनी KATको नामले चर्चित किकस टोरेन्टका मालिक भएको बताइएको छ । यो साइट पछिल्ला वर्षहरुमा विश्वभर पाइरेटेड सामाग्रीहरुको सबैभन्दा ठूलो श्रोतको रुपमा रहेको छ । उक्त साइट तथा त्यसका मालिक आर्टेम विरुद्ध दर्ज गरिएको आपराधिक मुद्धामा भनिएको छः यो साइटले आफ्ना प्रयोगकर्तालाई राम्रो माहोल दिन्छ ।


जसमा मानिसहरुले विभिन्न सामाग्रीहरु खोजी गर्दछन् र डाउनलोड गर्न सक्छन् । यो सिधा रुपमा प्रतिलिपि अधिकार कानूनको उल्लंघन हो ।


अमेरिकी न्याय मन्त्रालयको विज्ञप्ती अनुसार किकस टोरेन्ट नामको यो साइटले मानिसहरुलाई फिल्म, भिडियो गेम, टेलिभिजन कार्यक्रम, संगीत तथा अन्य विद्युतीय सामाग्रीहरु अवैध रुपमा उपलब्ध गराउने गर्छ । यो साइट विश्वमा इन्टरनेटमा सबैभन्दा धेरै हेरिने कम्पनीमा ६९ औँ स्थानमा रहेको छ ।


अमेरिकी सहायक महान्यायाधिवक्ताका अनुसार आर्टेमले किकस टोरेन्ट साइट चलाउनका लागि विभिन्न सर्भर प्रयोग गर्ने गरेका थिए । समय समयमा उनले आफ्नो डोमेन बदलिरहन्थे ।



बन्द भयो विश्वको सबैभन्दा ठूलो पाइरेसी वेबसाइट
Advertisements:

0 comments:

Post a Comment

Recent Posts