Subscribe Twitter FaceBook

Pages

Sunday, July 31, 2016

साउन १९ गते नयाँ प्रधानमन्त्री चुनिने !

Advertisements:

Parliament-Building of Nepal


१६ साउन, काठमाडौं । संसद सचिवालयले नयाँ प्रधानमन्त्रीको निर्वाचन साउन १९ गते गर्ने तयारी थालेको छ । राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दिएको एकसाताको समय आइतवार सकिनै लाग्दा सचिवालयले बहुमतीय प्रक्रिया शुरु गर्न लागेको स्रोतले जनाएको छ ।


व्यवस्थापिका संसदको बैठक सोमवार बस्दैछ । सचिवालयले राष्ट्रपति कार्यालयबाट बहुमतीय प्रक्रिया शुरु गर्न पत्र आएपछि निर्वाचन कार्यक्रम सार्वजनिक गर्नेछ । स्रोतका अनुसार साउन १८ गते मंगलवार प्रधानमन्त्री पदको उम्मेदवारी मनोनयन र फिर्ता लिने समय तोकिने छ ।


त्यस्तै १९ गते विहीवार संसदबाट प्रधानमन्त्री चयन हुने कार्यक्रम तय हुन लागेको छ । सचिवालयका प्रवक्ता डा.भरतराज गौतमले भने राष्ट्रपति कार्यालयबाट पत्र आएपछि मात्र निर्वाचन कार्यक्रम तय हुने बताए ।


कांग्रेस माओवादी गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री उम्मेदवार बन्ने पक्का भइसकेको छ । एमालेले कसलाई खडा गर्ने भन्ने टुंगो लागेको छैन । प्रमुख प्रतिपक्षी दलको स्थानका लागि भने पनि एमालेले उम्मेदवारी दिने स्रोतले जनाएको छ ।


केपी ओली आफैं उठ्ने कि अरु उम्मेदवार खडा गर्ने भन्नेबारे गठबन्धनमा पनि छलफल हुने एमाले स्रोतले जनाएको छ । एमालेबाट दलका उपनेता सुवास नेम्वाङलाई सम्भावित प्रतिस्पर्धीका रुपमा चर्चा गरिएको छ ।



साउन १९ गते नयाँ प्रधानमन्त्री चुनिने !
Advertisements:

0 comments:

Post a Comment

Recent Posts