Subscribe Twitter FaceBook

Pages

Monday, July 25, 2016

अनशन तोडेपछि डा. केसीले भने- आन्दोलन जारी छ

Advertisements:

Dr.-Govinda-KC


१० साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीले सोमबार अनसन तोडे पनि आफ्नो आन्दोलन जारी रहेको बताएका छन् ।


आफूले उपचार गर्दै आएका तीन बिरामीको हातबाट सोमबार जुस पिएर अनसन तोडेका डा. केसीले यो आन्दोलन प्रारम्भिक चरणको मात्रै भएको बताए ।


‘सबै नेपालीमा गुणस्तरीय शिक्षा र स्वास्थ्य पुर्‍याउनुपर्छ भनेर मैले आन्दोलन गरेको हुँ,’ डा. केसीले भने, ‘अहिलेको सहमति पूरा हुन्छ कि हुँदैन हेरौं । भएन भने झन् सशक्त आन्दोलन हुन्छ ।’


हालसम्म केही नखाई आमरण अनसन बसेर आन्दोलन गरे पनि अबदेखि खाएर सशक्त आन्दोलन गर्ने डा. केसीले बताए ।


राजनीतिक दलका नेताहरु माफियाको पक्षमा गएको भन्दै उनले अब युवाहरु जाग्नुपर्ने बताए ।


भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफै भ्रष्टाचारमा लिप्त भएको भन्दै उनले अख्तियार कार्यालय अगाडि प्रदर्शन गर्ने चिकित्सक तथा विद्यार्थीहरुलाई हस्तक्षेप भएकोमा पनि विरोध जनाए ।



अनशन तोडेपछि डा. केसीले भने- आन्दोलन जारी छ
Advertisements:

0 comments:

Post a Comment

Recent Posts