Subscribe Twitter FaceBook

Pages

Friday, July 22, 2016

गोविन्द केसीलाई भेट्दै रेखाले भनिन्-‘प्रम ज्यू, अब जनवादी बन्नुहोस्’

Advertisements:

rekha thapa in dc kcविभिन्न माग राखेर विगत १३ दिनदेखि आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीलाई भेट्न नायिका रेखा थापा टीचिङ अस्पताल पुगेकी छिन् । रेखाले डाक्टर केसीलाई भेटेपछि उनको माग पुरा गर्न सरकारसँग माग पनि गरेकी छिन् ।


रेखाले फेसबुकमा लेखेकी छिन्-‘यहाँ मान्छेलाई मरिएलाकी भन्ने डर छ तर डाक्टर केसी सारा नेपालीको साझा स्वास्थ्यका खातिर जीवन गुमाउन तयार हुनुहुन्छ । यस्तोमा सरकारको तदारुकता देखिदैन । केसी हाम्रा लागि लडिरहनु भएको छ ।’


रेखाले नेपाल सरकार र प्रम केपी ओलीको यो बिषयमा ध्यानाकर्षण हुन जरुरी छ भन्दै लेखेकी छिन्-‘प्रम ज्यू, नाकाबन्दीको समयमा धेरैले तपाई राष्ट्रवादी हुनुभएको भन्दै प्रशंसा गरे । अब केसीजीले उठाउनुभएको माग पुरा गरेर जनवादी बन्नुहोस् । कारण हामी कम्यूनिस्टहरुको चरित्र पनि यही हो ।’ डाक्टर केसीको पक्षमा शनिबार हुन लागेको जनप्रदर्शनमा नेपाली चलचित्रका कलाकार पनि सहभागी हुने भएका छन् ।



गोविन्द केसीलाई भेट्दै रेखाले भनिन्-‘प्रम ज्यू, अब जनवादी बन्नुहोस्’
Advertisements:

0 comments:

Post a Comment

Recent Posts