Subscribe Twitter FaceBook

Pages

Friday, July 29, 2016

भारतले दशगजामा बनाएको बाँध नेपालीले भत्काए, सप्तरीमा तनाव

Advertisements:

Saptari-Jhadap


१३ साउन, राजविराज । सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा भारतले एकतर्फी रुपमा बनाएको बाँध नेपालीहरुले भत्काइदिएका छन् ।


भारतीय पक्षले नेपाली पक्षसँग समन्वय नै नगरी खाडो नदीमा बाँध बनाउन थालेपछि स्थानीय विरोध उत्रिँदा बिहीबार दिनभर तनाव सिर्जना भएको छ ।


दुबै पक्ष बाँसको भोटा बोकेर नदी क्षेत्रमा पुगे । नेपाली पक्षले नदी थुन्न बोराहरु राखेर बनाएको बाँध भत्काउँदा सीमापारी कुनौलीका वासिन्दा जाइलाग्न आएका थिए ।


त्यसक्रममा सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दा गर्दै झडप भएको छ । झडपमा तीन नेपाली घाइते भएका छन् । झडपमा तिलाठी निवासी पूर्व जिविस सदस्य देवनारायण यादव र रोशनकुमार झालाई टाउकोमा चोट लागेको छ । सीमा क्षेत्रका वासिन्दाबीच ढुंगा हानाहान भएको छ ।


नेपालीहरुले बिहानैदेखि बाँध भत्काउन गए पनि भारतीय पक्षका बासिन्दा धेरैभएपछि त्यत्तिकै फर्केका थिए । दिउँसो नेपाली पक्षको संख्या धेरैभएपछि बाँधमा राखिएको बाँस, बालुवाको बोरा झिकेर फालिदएका छन् ।


घटनास्थलमा सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमसहित सुरक्षा प्रमुखहरु पुगेका थिए । भारतीय पक्षपट्टी पनि सुरक्षा अधिकारी आएका थिए ।


स्थानीयका अनुसार गत शनिबारदेखि भारतीय पक्षले एकतर्फी बाँध निर्माण गरेको थियो । भारतले नेपाल-भारत सीमा स्तम्भलाई आˆनो भूमिभित्र पारेर बाँस तथा बोरामा भरिएका गिट्टी प्रयोग गरी बाँध बाँधेको छ ।


यो बाँध निर्माण भए नेपालतर्फ खाँडो खोला र वर्षाको पानीको निकास थुनिनेछ । र, तिलाठी, रम्पुरा मल्हनिया, सकरपुरा, विषरिहया, कोइलाडी, बरसाइन, हनुमाननगर लगायतका गाविस डुबानमा पर्ने भएपछि स्थानीय आक्रोशित छन् ।



भारतले दशगजामा बनाएको बाँध नेपालीले भत्काए, सप्तरीमा तनाव
Advertisements:

0 comments:

Post a Comment

Recent Posts