Subscribe Twitter FaceBook

Pages

Tuesday, July 26, 2016

मन्त्री बनाउन ५० प्रतिशत नयाँ अनुहारको खोजी

Advertisements:

Sherbahadur-Deuba_1११ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि आहृवान गरेसँगै नेपाली कांग्रेसभित्र मन्त्री बन्न दौडधुप सुरु भएको छ ।


पटकपटक मन्त्री बनेका नेतासमेत दाबेदार बनेपछि युवाहरुले नयाँ अनुहारलाई अवसर दिन नेतृत्वलाई दबाब दिएका छन् । सरकार परिवर्तनको खेलसँग सभापयित शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्नत्री कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्का र विमलेन्द्र निधिको निवासमा मन्त्री हुन चाहनेको भीड लाग्न थालेको आजको राजधानी दैनिकमा समाचार छ ।


कांग्रेस शीर्ष नेताहरुले पनि सरकारकमा पठाउने भन्ने व्यक्तिको विषयमा अनौपचारिक र प्रारम्भिक छलफल सुरु गरेका छन् ।  सो छलफल सुरु भएलगत्तै नेताहरुको दौडधुप सुरु भएको छ ।


सोमबार बिहान सभापति देउवा निवासमा उनीपक्षीय प्रमुख नेताहरुले अनौपचारिक छलफल गरेका छन् ।  छलफलमा कस्ता अनुहारलाई सरकारमा पठाउने भन्ने विषयमा अनौपचारिक कुराकानी भएको थियो ।


मन्त्रीका आकांक्षीलाई मिलाउन राज्यमन्त्री र सहायक मन्त्रीसमेत राख्नुपर्ने सो बैठकले निष्कर्ष निकालेको छ ।


छलफलमा अभिकांश नेताले ठूलो आकारको मन्त्रिमण्डल बनाएर भए पनि आकांक्षीलाई समेट्नुपर्ने सुझाब दिएका छन् ।


एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर नयाँ गठबन्धन निर्माण गर्न विमलेन्द्र निधि र रमेश लेखक निर्णयक भूमिका खेलेका थिए । सोही आधारमा दुवैलाई सरकारमा रोजेको मन्त्रालय दिएर पठाउने देउवाको योजना छ ।



मन्त्री बनाउन ५० प्रतिशत नयाँ अनुहारको खोजी
Advertisements:

0 comments:

Post a Comment

Recent Posts