Subscribe Twitter FaceBook

Pages

Thursday, July 28, 2016

क्लिनटनको इमेल हृयाक गर्न ट्रम्पले गरे रुसलाई आग्रह

Advertisements:

donald_trump


१३ साउन, काठमाडौं । इमेल हृयाकिङ सम्बन्धी एक विवादमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदका उमेदवार हिलारी क्लिनटनले आफ्ना रिपव्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पलाई अमेरिकाको सुरक्षा खतरामा पुर्‍याएको आरोप लगाएकी छिन् ।


डोनाल्ड ट्रम्पले रुसले हिलारी क्लिनटनको एकाउन्ट हृयाक गरेर संवेदनशील हजारौं इमेल प्राप्त गर्ने आशा व्यक्त गरेका छन् ।


हिलारी क्लिनटनको चुनाव प्रचारमा सहभागी प्रवक्ता जेक सुलिवानले अमेरिकी राष्ट्रपति पदका उमेदवारले विपक्षी उमेदवारको राजनीतिक विरोध गर्नुको सट्टा विदेशी शक्तिलाई जासूसी गर्न प्रोत्साहन गरिएको छ ।


उता रुसका प्रवक्ता दिमित्रि पेसकोवका अनुसार राष्ट्रपति पुटिनले धेरैपटक रुस कुनै दोस्रो  देशको आन्तरिक मामलामा कहिले हस्तक्षेप गर्दैन । खास गरेर कुनै देशको चुनावी प्रक्रियामा ।


अमेरिका को संघीय जाँच एजेन्सी (एफबीआई) ले यसअघि नै हिलारी क्लिनटन विदेश मन्त्री भएको समयमा निजी इमेल सर्वरको लापरवाही ढंगले प्रयोग गरेको जनाएको छ । तर, यो अपराधको विषय होइन ।



क्लिनटनको इमेल हृयाक गर्न ट्रम्पले गरे रुसलाई आग्रह
Advertisements:

0 comments:

Post a Comment

Recent Posts