Subscribe Twitter FaceBook

Pages

Saturday, July 23, 2016

प्रधानमन्त्रीले तपाईं एक्सन लिनुस्, नभए म लिन्छु भन्नुभोः प्रचण्ड

Advertisements:

Prachand-in-Parliament-meeting


७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा बस्दा माओवादीलाई उपयोग गर्ने र सिध्याउने रणनीति लिएको आरोप लगाएका छन् ।


ओलीविरुद्ध व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव पेश गर्दै उनले सरकार छाड्ने र अविश्वासको प्रस्ताव पेश गर्ने निर्णय गर्नुका कारण पेश गरे । आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनेका ओलीविरुद्ध आफैंले अविश्वासको प्रस्ताव पेश गर्नु परेको भन्दै उनले भद्र सहमतिबाट तिक्तता सुरु भएको बताए ।


प्रधानमन्त्रीले यो संयुक्त सरकार हो र केही प्रतिवद्धतासहित सरकार बनेको भन्ने बिर्सिएको आरोप लगाए । प्रधानमन्त्रीमा दम्भ र अहंकार देखिएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले अघि भने, ‘प्रधानमन्त्री माओवादीलाई उपयोग गर्ने, भर्‍याङ बनाउने र उसलाई सिध्याउन लाग्नु भो ।’


सामान्य मतभेद हुनासाथ कसैको राष्ट्रप्रतिको निष्ठामा प्रश्न उठाउने प्रयास भएको भन्दै उनले कसैको देशभक्तिमाथि प्रश्न उठाउनु विडम्वनापूर्ण भएको बताए । प्रचण्डले एमाले अध्यक्ष ओलीमाथि सबैलाई प्रभोग गर्ने र आन्तरिक राष्ट्रिय एकता कमजोर पार्नतर्फ लागेको आरोप लगाएका छन् ।


प्रधानमन्त्रीले संघीयता आफूलाई मन परेको छैन भनेको भन्दै अघि भने, ‘गणतन्त्रमा त केही भन्दिन । तर, साह्रै रुची लागेको जस्तो लागेको छैन । राजतन्त्र चाहिन्छ भन्नेसँग लगन गाँठो कसिएको देखिन्छ ।’


नौबुँदे सहमति र तीनबुँदे भद्र सहमतिबारे ओलीको सार्वजनिक टिप्पणीले पनि सम्वन्ध विग्रिएको उनले बताए । यो गठवन्धन तोड्ने आफ्नो इच्छा नभएको र पार्टी एकतासम्म छलफल भएको उनले सदनमा सुनाए ।


तर, सरकारमा गएपछि त्यसलाई बिर्सिएका प्रधानमन्त्रीले अन्तिम चरणको छलफलमा आफूलाई ‘या त तपाई एक्सन लिनुस्, या म लिन्छु, यसरी चल्दैन’ भनेको उनले बताए । उनले भने, ‘सभामुख महोदय विषय प्रतिकात्मक जस्तो पनि छ, गम्भीर छ ।’


यो देश भाषण मात्र गरेर अघि बढ्दो रहेनछ, पानी जहाज, रेल, ग्यास पाइप लाइन भन्न सजिलो रहेछ, गर्न गाह्रो रहेछ भन्ने लागेर प्रधानमन्त्रीलाई कतै यो सबै गर्नुभन्दा सरकार छाडिदिउँ भन्ने लागेको त होइन भने उनले प्रश्न गरे ।


उनले अघि भने, ‘मैले एक्सन लिने भनेको माओवादी केन्द्रले समर्थन फिर्ता लिने । उहाँले लिन भनेको मन्त्रीहरुलाई कारबाही गर्ने भन्ने बुझेँ ।’ यद्यपि प्रधानमन्त्री ओलीसँग आफ्नो कुनै व्यक्तिगत कटुता नरहेको र दलहरुबीच दुरी बढाउन आफूले नचाहेको माओवादी अध्यक्ष प्रचण्डले बताए ।


उनले पहिलो संविधानसभाको परिणामपछि माओवादीले थोरै धर्ती छोडेको र गिरिजाप्रसादको मूल्य नबुझेको भन्दै उनले दोस्रो संविधानसभाको चुनावी परिणामपछि कांग्रेस र एमालेमा सरेको त होइन भनेका छन् ।


सबै खान खोज्दा माओवादीको हातमा केही नभएको स्मरण गर्दै उनले भने, ‘कांग्रेस झण्डै … अब एमालेको पालो ।’ उनले अघि भने, ‘मुख्य कुरा समिक्षा गर्ने कि नगर्ने भन्ने हो ।’


राष्ट्रिय सहमति आवश्यक रहेको र प्रमुख दलहरु मिल्नुको कुनै विकल्प नभएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले आफूले गरेको आलोचनालाई प्रधानमन्त्री ओलीले गलत रुपमा नलिने विश्वास व्यक्त गरे ।


प्रचण्डले एमालेका नेता माधवकुमार नेपाललाई आफ्नो पहलमा संसदमा ल्याएको र आफूपछि प्रधानमन्त्री भएको भन्दै अर्का नेता झलनाथ खनाललाई लडाकू शैलीमा सरप्राइज अट्याक गरेर प्रधानमन्त्री बनाएको बताए । उनले अघि भने, ‘प्रधानमन्त्री ओलीजी खोलो तर्‍यो, लौरो विर्सियो, राम्रो जति मेरो, नराम्रो जति अर्को नगरौं ….गल्ती हुन्छ ।’


उनले अघि भने, अर्का नेता -वामदेव गौतम) पनि लाइनमा हुनुहुन्छ, केहि फरक पर्दैन । थर, थोरै फरक पर्नासाथ भिक्तामा पुर्‍याइने भन्ने नगरौं ।’


माओवादी अध्यक्ष प्रचण्डले बजेटसँग सम्वन्धित आश्रति विधेयकहरु पास गर्ने आफ्नो इच्छा रहेको बताए । तर, सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नैनिक रुपमा अप्ठ्यारोमा परेको बताए । उनले अघि भने, हिजो हुन्छ भनेको हामीलाई अहिले पनि हुन्छ भन्ने मन थियो । पहिले अविश्वासको प्रस्ताव पास गरौं, त्यसपछि बजेटसम्वन्धित विधेयकमा हुन्छ भन्ने मन थियो ।’



प्रधानमन्त्रीले तपाईं एक्सन लिनुस्, नभए म लिन्छु भन्नुभोः प्रचण्ड
Advertisements:

0 comments:

Post a Comment

Recent Posts