Subscribe Twitter FaceBook

Pages

Thursday, July 21, 2016

रियो ओलम्पिकमा प्रदर्शन सुधारे नगद पुस्कार

Advertisements:

६ साउन, काठमाडौं । नेपाल पौडी संघले रियो ओलम्पिकमा सहभागी हुने पौडी खेलाडीहरुले राष्ट्रिय किर्तिमानमा सुधार गरे पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।


ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिकमा शिरिष गुरुङले १०० मिटर फ्रिस्टायलमा र गौरिका सिंहले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्दैछन् ।


नेपाल पौडी संघका अनुसार गुरुङ्गले आफ्नो नाममा रहेको ५८.२२ सेकेन्डका समयमा सुधार गर्दै ५६.०० सेकेन्डमा झार्न सके र गौरिकाले आफ्नो नाममा रहेको १ मिनट ०७.३१ सेकेन्डको समयलाई १ मिनट ०५ सेकेन्डमा झार्न सके जनही ५० हजार प्रदान गरिनेछ ।


दुवैले आफ्नो व्यक्तिगत समयमा सुधार गरेमा पनि जनही २५ हजार प्रदान गर्ने घोषणा गरेको छ ।



रियो ओलम्पिकमा प्रदर्शन सुधारे नगद पुस्कार
Advertisements:

0 comments:

Post a Comment

Recent Posts