Subscribe Twitter FaceBook

Pages

Sunday, July 31, 2016

एमाले सरकारमा जाने सम्भावना छैनः नेपाल

Advertisements:

Madhav kumar nepal१६ साउन, बनेपा । नेकपा (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले नयाँ सरकारमा जाने सम्भावना नरहेको बताए ।


काभ्रेपलाञ्चोकको दोलालघाटमा दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबले  सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै नेता नेपालले भने – “मैले तुरुन्तै एमाले सरकारमा जाने सम्भावना देखेको छैन ।”



नेता नेपालले काँग्रेस, एमाले र माओवादी केन्द्र मिलेर मात्रै अप्ठेरो बेलामा संविधान कार्यान्वयन गर्न, विभिन्न तीन तहको चुनाव गराउन र आवश्यक परे संविधान संशोधन गर्नसमेत दुई तिहाई पुग्ने भएकाले आपसी विश्वास र सहकार्य आवश्यक भएकामा जोड दिए ।


उनले  २०७४ माघ ७ गतेसम्म स्थानीय, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन नभए मुुलुकमा संवैधानिक सङ्कट आउने उल्लेख गरे ।  गाउँपालिकाको स्वरुप गलत भएको टिप्पणी गर्दै नेता नेपालले भने – “एउटा गाउँ सानो हुन्छ, नगरको कुनै पूर्वाधार छैन यस्तो अवस्थामा कसरी गाउँपालिका हुन्छ ?’’


अब बन्ने नयाँ सरकारले विगतको सरकारले गरेको सन्धि सम्झौता लागू गर्न आग्रह गर्दै उनले काठमाडौँ–निजगढ फास्ट ट्र्याकलाई नेपाल आफैंले निर्माण गर्नुपर्ने बताए ।


क्लबका अध्यक्ष अष्टबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सांसद विदुर सापकोटा, पूर्व राज्यमन्त्री गोविन्दनाथ उप्रेती, नेकपा (एमाले) काभ्रेपलाञ्चोकका अध्यक्ष टोकबहादुर वाइवा, नेपाली काँग्रेसका जिल्ला उपाध्यक्ष अच्युत पौडेल, नेकपा (माओवादी केन्द्र)का हरि दुलाललगायतले एम्बुलेन्स सेवाबाट दुर्गम क्षेत्रका बासिन्दाले पनि यातायातको सेवा पाउने बताए ।

रु २० लाख ७४ हजार ६०९ बजेट सङ्कलन गरेको क्लबले रु आठ लाख ६५ हजारमा सो एम्बुलेन्स खरिद गरेको थियो । कार्यक्रममा रु एक लाखभन्दा बढी आर्थिक सहयोग गर्नेहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।




एमाले सरकारमा जाने सम्भावना छैनः नेपाल
Advertisements:

0 comments:

Post a Comment

Recent Posts