एनएमबि बैक लिमिटेड रिद्धि सिद्धि सिमेन्ट कम्पनीको मुख्य लगानीकर्त्ता हुने भएको छ ।
एनएमबि बैकको अगुवाई रहने प्रोजेक्टमा हिमालयन बैकको सह-वित्तीयकरण तथा अन्य बैकहरु नेपाल बैक, नेपाल एसबिआई बैक, सेन्चुरी कमर्सियल बैक, लक्ष्मी बैक, सिभिल बैक, माछापुच्छरे बैक, प्रभू बैक तथा सोसाईटि डेभलपमेन्ट बैकहरुको समेतको लगानी रहने छ ।
रिद्धि सिद्धि सिमेन्ट कम्पनीको कुल लागत ६.११ अर्व हुनेछ । जस मध्ये बैंकहरुको कुल ४.५८ अर्वको लगानी हुनेछ ।
रिद्धि सिद्धि सिमेन्ट कम्पनी शंकर ग्रुप तथा अम्बे समुहको लगानी रहेको कम्पनी हो ।
एनएमबी बैक रिद्धि सिद्धि सिमेन्टको मुख्य लगानीकर्ता
0 comments:
Post a Comment