Subscribe Twitter FaceBook

Pages

Thursday, July 28, 2016

स्थानीय तह पुनर्संरचना आयोगको काम रोक्न संघीय गठवन्धनको माग

Advertisements:

Madhesi-morcha


१३ साउन, काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठवन्धनले स्थानीय तह पुनर्संरचना आयोगको काम रोक्न माग गरेको छ ।


संघीय समाजवादी फोरमको कार्यालयमा बिहीबार बसेको गठवन्धनको बैठकले आफूहरु प्रादेशिक सीमांकनसहितका विषयलाई लिएर आन्दोलनमा रहेको भन्दै अहिले नै स्थानीय तहको पुनर्संरचना गर्नु उपयुक्त नहुने बताएको छ । ‘हामीले अझै संविधान पूर्ण रुपमा स्वीकार गरेका छैनौं, स्थानीय तह प्रदेश अन्तरगतको हो,’ रामसपाका प्रवक्ता केशव झाले भने, ‘संविधान संशोधन गरेर हाम्रा माग सम्बोधन नहुँदासम्म स्थानीय तह पुनर्संरचना आयोगको काम अघि नबढाउन माग गरेका छौं ।’


गठवन्धनले हतारमा आयोग गठन गरेर सरकारको नेतृत्व गरेको एमालेले संघीयतालाई विथोल्ने प्रयास गरेको आरोप लगाएको छ ।


आयोग गठन भएको झण्डै पाँच महिना भइसक्यो र उसले प्रारम्भिक रुपमा ५६५ स्थानीय तहको प्रस्ताव गरेको छ ।


तर, सरकारको नेतृत्व गर्ने तयारी गरिरहेको माओवादीले बुधबार मात्र आयोग पुनर्गठनको प्रस्ताव अघि सारेको छ । कांग्रेसले पनि असन्तुष्टि जनाएको छ । कांग्रेसले प्रस्तावित ५६५ स्थानीय तहको संख्या पर्याप्त नभएको बताएको छ ।


सरकारबारे निर्णय भएन


संघीय गठवन्धनले सरकारमा जाने नजानेबारे अहिले निर्णय गर्न आवश्यक नभएको बताएको छ । सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय कायमै रहेको र सरकार गठनको तयारीमा रहेका कांग्रेस र माओवादीले कुनै ठोस प्रस्ताव नल्याएको भन्दै बैठकले सरकारबारे कुनै निर्णय गरेन ।


मधेसी मोर्चासहितको गठवन्धनले बाढी प्रभावितहरुको उद्धार तथा राहतमा सरकारी प्रयास अपर्याप्त भएको बताएको छ । र, यसलाई प्रभावकारी बनाउन माग गर्दै प्रतिनिधिमण्डलले भेट गर्ने निर्णय गरेको नेता झाले जानकारी दिए ।


साथै बाढी प्रभावितहरुको राहत तथा उद्धारमा स्थानीय तह परिचालन गर्ने निर्णय समेत गरेको छ ।



स्थानीय तह पुनर्संरचना आयोगको काम रोक्न संघीय गठवन्धनको माग
Advertisements:

0 comments:

Post a Comment

Recent Posts