Subscribe Twitter FaceBook

Pages

Saturday, July 23, 2016

डीडीसीको ‘टी-मिल्क’ काठमाडौंमा दैनिक ३ हजार लिटर बिक्न थाल्यो

Advertisements:

DDC-milk


८ साउन, काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले चिया र कफीका लागि छुट्टै उत्पादन गरेको दूध बजारमा छोटो समयमै निकै रुचाइएको छ । साउन १ गतेदेखि बजारमा आएको टी-मिल्क अहिले काठमाडौंमा दैनिक ३ हजार लिटर बिक्न थालेको  छ ।


बजारमा बिक्री हुने दूधको ठूलो परिणाम चियामा प्रयोग हुने गरेको पाइएको भन्दै संस्थानले चियाका लागि छुट्टै दूध बजारमा ल्याएको हो । भारतमा चियाका लागि छुट्टै दूध बिक्री भइरहेको अभ्यासलाई डिडीसीले आत्मसाथ गरेको हो । यो दूध चिया र कफी लागि स्वादिलो र उपयुक्त हुने संस्थानका निमित्त उपमहाप्रवन्धक ईश्वरी अधिकारीले जानकारी दिए ।


‘यो दूधमा केही ठोस पदार्थ मिसाएर ल्याएका हौं’ अधिकारीले भने, ‘यस्स्तो दूध चियाका लागि उपयुक्त हुनछ । किनभने यो बाक्लो देखिन्छ । खान पनि स्वादिलो हुन्छ ।’ यसका लागि  सोलिड नट फ्याट-एसएनएफ)को मात्रा बढाइएको छ । यसमा फ्याट अर्थात चिल्लोको भने घटाइएको छ ।


संस्थानले यो दूधमा एसएनएफलाई बढाएर ९.५ र फ्याटलाई घटाएर १ं.५ प्रतिशतमा झारेको छ । अन्य दूधमा दूधमा एसएनएफ ८ र फ्याटको मात्रा ३ प्रतिशत हुन्छ ।


फ्याटको मात्रा घटाएर एसएनएफको मात्रा बढाउँदा यो दूध बाक्लो भएको हुन्छ । काठमाडौंमा दैनिक ३ हजार लिटर यही दूध विक्री भइरहेको छ । मागअनुसार नै चियाको लागि उत्पादित दूध वितरण भइरहेको अधिकारीले बताए । विशेष गरी यो चिया व्यवसायीका लागि उपयोगी देखिएको छ । बाक्लो हुने हुँदा यसमा थोरै पानी मिसाउादा पनि बाक्लोपनामा खासै असर पर्दैन । यसबाट व्यवसायीलाई पनि लाभ हुन्छ ।


डीडीसीले अहिले विभिन्न ४ प्रकारको प्याकिङ दूध उपलव्ध गराएको छ । कम चिल्लो पदार्थ भएको नीलो प्याकेटको दूधको मूल्य हाल बजारमा प्रतिलिटर ६४ रुपैयाँ पर्छ ।


बढी चिल्लो पदार्थ भएको हरियो प्याकेटको दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ छ । त्यस्तै गाईको दूध प्रतिलिटर ७२ रुपैयाँ छ । चिया दूधको मूल्य ६० रुपैयाँ छ ।



डीडीसीको ‘टी-मिल्क’ काठमाडौंमा दैनिक ३ हजार लिटर बिक्न थाल्यो
Advertisements:

0 comments:

Post a Comment

Recent Posts