Subscribe Twitter FaceBook

Pages

Thursday, July 21, 2016

कुरा काट्नेले हैरान बनाए अशिष्मालाई

Advertisements:

Ashisma Nakrmi (2)

नायिका अशिष्मा नकर्मी अचेल पहिले जस्तो सार्वजनिक कार्यक्रममा पुग्दिनन् । पहिले निम्तो आएका हरेकजसो चलचित्रका कार्यक्रममा पुग्ने गरेकी यी सुन्दरी बरु घरमै बस्न रुचाउँछिन् । अशिष्मा मात्र होइन, अन्य केही नायिका पनि छन् जो सार्वजनिक कार्यक्रममा उपस्थित हुन रुचाउन छाडेका छन् ।
Ashisma Nakrmi (3)Ashisma Nakrmi (4)

एक कार्यक्रममा भेट भएकी नायिका नकर्मीले आफू अचेल पहिलेको जस्तो चलचित्रका सार्वजनिक कार्यक्रममा पुग्न छाडेको बताइन् । अशिष्माले यसका केही कारण दिइन् । उनी अहिले घरमै अध्ययन गरेर बस्छिन् । तर, मुल चुरो यो मात्र होइन । ‘चलचित्र क्षेत्रमा अनावश्य रुपमा कुरा काटिने रहेछ, यसैले पनि कार्यक्रममा आउन त्यती मन लाग्दैन’, उनले खुलाइन् ।
Ashisma Nakrmi (5)Ashisma Nakrmi (6)

कुरा काट्नेले हैरान बनाउने गरेको भन्दै उनीहरुको मुख थुन्न नसकिने उनको भनाई थियो । यसैले, घरमै बस्दा आनन्द हुने यी सुन्दरीको आशय थियो ।

अशिष्माले उनको बिषयमा कसले के कुरा काट्यो भनेर खुलाउन चाहिनन् । जे भएपनि अशिष्माले चलचित्र क्षेत्रमा प्रवेश गरेको केही समयमै यहाँको प्रवृत्ती वुझ्न थालिछन् ।Ashisma Nakrmi (8)


तस्विरः श्रीधर पाैडेल



कुरा काट्नेले हैरान बनाए अशिष्मालाई
Advertisements:

0 comments:

Post a Comment

Recent Posts