Subscribe Twitter FaceBook

Pages

Saturday, August 20, 2016

‘लेजेण्ड’ बोल्टः ११४ सेकेण्ड, ९ स्वर्ण

Advertisements:

Usain-Bolt


४ भदौ, काठमाडौं । जमैकन तीव्र गतिका धावक उसेन बोल्टले ओलम्पिकमा नवौं स्वर्ण जित्दै एथ्लेटिक्स लेनेन्डमा आफ्नो नाम लेखाएका छन् ।


रियो ओलम्पिकमा ४ गुणा १०० मिटर रिलेमा शनिबार स्वर्ण जित्दै उनले हृयाट्रिकको हृयाट्रिक पुरा गरे ।


उनले गृष्मकालीन ओलम्पिकमा लगातार तेस्रो पटक तीन स्वर्ढा जितेका हुन् । बेइजिङ ओलम्पिक २००८, लण्डन ओलम्पिक २०१२ र रियो ओलम्पिक २०१६ मा उनले १ सय, २ सय र ४ गुणा १ सय मिटर रिलेमा स्वर्ण जिते ।


१२० वर्षे ओलम्पिकको इतिहारमा लगातार तीन संस्करणमा स्प्रिन्टमा स्वर्ण जित्ने उनी एक्ला खेलाडी हुन् । बोल्टले भनेका छन्, म महान भएको छु ।’

अब आफूलाई प्रमाणित गर्न केही ननभएको भन्दै उनले यो करियरको अन्तिम ओलम्पिक भनेका छन् ।


नौ स्वर्ण जितेपनि एक स्प्रिन्टर (छोटो दुरीको धावक)का रुपमा बोल्टले निकै कम दौडिएका छन् ।


ओलम्पिकको फाइनललाई मात्र हेर्ने हो भने उनले मात्र ११३ सेकेण्ड दौडिएका छन्, जुन पुरा २ मिनेट पनि होइन ।


यदि प्रारम्भिक राउण्डलाई जोड्ने हो भने उनले ओलम्पिक ट्राकमा मात्र ३२४ सेकेण्ड दौडिएका छन्, जुन साढे ५ मिनेट हो । अर्कोतर्फत यो समय भनेको अण्डा उसिन्ने र १००० हजार शब्द पढ्ने समय हो भन्दा फरक पर्दैन ।



‘लेजेण्ड’ बोल्टः ११४ सेकेण्ड, ९ स्वर्ण
Advertisements:

0 comments:

Post a Comment

Recent Posts