Subscribe Twitter FaceBook

Pages

Sunday, August 21, 2016

मैदानमै रोए नेयमार, जसलाई ‘भगवानले पनि प्रेम गर्छ’

Advertisements:

Neymar


५ भदौ, काठमाडौं । ओलम्पिकको फुटबलमा ब्राजिललाई पहिलो स्वर्ण दिलाएपछि कप्तान नेयमार मैदानमै रोए । माराकाना रंगशालामा ८७ हजार दर्शकका अगाडि जर्मनीलाई पेनाल्टीमा ५-४ ले हराउने क्रममा नेयमारले विजयी गोल गरेका थिए ।


निर्धारित ९० मिनेटको खेलमा नेयमारले नै ब्राजिललाई अग्रता दिलाएका थिए । उनले २७ औं मिनेटमा फि्रकिकमा गोल गरे । जर्मनीका मेयेरले बराबरी गोल फर्काए ।


निर्धारित र थपिएको ३० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि निर्णय टाइब्रकेरबाट लिइएको थियो । जसमा जर्मनीका निल्स पिटरसन चुकेका थिए ।


पाँच पटकको विश्व विजेता ब्राजिलले यसअघि तीन पटक १९८४, १९८८ र २०१२ मा फाइनल खेलेपनि ओलम्पिकको फुटबलमा स्वर्ण जित्न सकेको थिएन । यो पटक उसले विश्व विजेता जर्मनीलाई हराएको छ, र दुई वर्षअघि विश्वकपको सेमिफाइनलमा व्यहोरेको ७-१ को लज्जास्पद हारको बदला लिएको छ ।


ब्राजिलका गोलकिपर वेभटर्न भन्छन्, ‘स्वर्ण हाम्रो भयो । तर, यो भगवानसँग जोडिएको छ । जसरी उनी टिममेटलाई प्रेम गर्छन्, भगवानले नेयमारलाई मन प्रेम गर्छन् ।’


नेयमारले भने यसलाई आफ्नो जीवनकै उत्कृष्ट क्षण भनेका छन् ।



मैदानमै रोए नेयमार, जसलाई ‘भगवानले पनि प्रेम गर्छ’
Advertisements:

0 comments:

Post a Comment

Recent Posts