Subscribe Twitter FaceBook

Pages

Saturday, August 20, 2016

विशेष दूतले भारतीय पक्षलाई सुनाए प्रचण्डका तीन सन्देश

Advertisements:

Bimalendra-Nidhi-and-SushmaSwaraj


३ भदौ, नयाँदिल्ली । प्रधानमन्त्री प्रचण्डका विशेष दूत बनेर नयाँदिल्ली आएका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले शुक्रबार उच्चस्तरीय भेटवार्ता गरेका छन् ।


विशेष दूत निधिले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसहितका अधिकारीहरुलाई भेटेका हुन् । निधिलाई भारतीय गृहमन्त्री राजनाथ सिंह उनी बसेको होटलमा पुगेका थिए भने लगतै उनले भारतीय विदेश मन्त्री सुष्मा स्वराजलाई भेटेका छन् ।


साँझ उनले भारतीय राष्ट्रपति मुखर्जीलाई भेटेर नेपाल भ्रमणको निम्तो दिएका छन् । नेपालकी राष्ट्रपति विद्या भण्डारीले मुखर्जीलाई नेपाल भ्रमणको निम्तो पठाएकी थिइन् ।


भेटमा भारतीय राष्ट्रपतिले भारत नेपालमा स्थायित्व, एकता र विकासको पक्षमा रहेको बताए । साथै उनले दुबै देशको उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बचन दिएका छन् ।


प्रचण्डले पठाएको तीन सन्देश 


प्रधानमन्त्री प्रचण्डले आफ्ना दूतमार्फत भारतीय पक्षलाई तीन सन्देश पठाएका छन्, जुन विशेष दूत निधिले भारतीय विदेशमन्त्री स्वराजलाई सुनाएकी छन् ।


प्रचण्डले आफ्नो नेतृत्वको सरकार नेपाल भारत सम्वन्ध सुदृढ बनाउन चाहेको बताएका छन् । । दुई वर्ष अघि भारतीय प्रधानमन्त्री नेपाल आउँदा दुई देशको जुन अवस्थामा थियो, त्यही अवस्थामा पुर्‍याउन प्रचण्डको सन्देश छ ।


उनको अर्को सन्देश मधेसी र जनजातिको जायज माग सम्बोधन गर्न नयाँ सरकार तयार रहेको छ । साथै प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीचत उच्चस्तरको भ्रमण आदान प्रदान गर्न चाहेको सन्देश भारतीय पक्षलाई दिएका छन् ।


उच्च स्रोतका अनुसार प्रधानमन्त्रीका विशेष दूत निधिसँगको भेटमा भारतीय विदेशमन्त्री स्वराजले असन्तुष्टि सम्बोधनका लागि के तयारी छ भनेर सोधेकी थिइन् । जवाफमा निधिले संशोधनमार्फत सम्बोधन तराई मधेस र जनजातिको जायज माग सम्बोधन गर्ने तयारी रहेको बताएका छन् ।


विकास योजनाबारे छलफल


विशेष दूत निधिले भारतीय उच्च अधिकारीहरुसँग विकास योजनाबारे पनि कुराकानी गरेका छन् । यसलाई प्रधानमन्त्री प्रचण्डको आगामी भदौ अन्तिममा हुने भनिएको भारत भ्रमणको एजेण्डाका रुपमा हेरिएको छ ।


निधिले हुलाकी राजमार्ग र पूर्व पश्चिम रेलवेबारे भारतीय पक्षसँग कुरा गरेका छन् । साथै नयाँ सरकारले भूकम्प पीडितहरुलाई थप एक लाख अनुदान दिन चाहेको र, यसमा भारतको सहयोग अपेक्षा गरेको बताएका छन् ।


अधिकारीहरुका अनुसार भारतीय पक्ष यसमा सकारात्मक छ । र, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा टुंगोमा पुर्‍याउने बताइएको छ ।



विशेष दूतले भारतीय पक्षलाई सुनाए प्रचण्डका तीन सन्देश
Advertisements:

0 comments:

Post a Comment

Recent Posts