Subscribe Twitter FaceBook

Pages

Monday, August 15, 2016

बाढी पीडितलाई सहयोगार्थ लण्डनमा बिकाशानन्दको योगा शिविर हुँदै

Advertisements:

bikasanandaलण्डन । बाढी पीडितको सहयोगका लागि लण्डनमा एक दिने योग तथा प्रवचन कार्यक्रम हुने भएको छ ।


२१ अगस्ट , २०१६ का दिन लण्डनमा योगगुरु मानोक्रान्तिका सम्बाहक बिकासानन्द ज्युबाट योगा तथा प्रवचन कार्यक्रम हुन गैरहेको छ ।


नेपालमा योग साधनका प्रणेता डा . विकासानन्द बेलायत अाएको मौकाको फाइदा बेलायतवासी नेपाली समुदायले उठाउन लागेका हुन् । यसकै माध्यमबाट उनीहरूले  योगा सिक्ने तथा  बाढी पीडितको सहयोग स्वरुप कार्यक्रम आयोजना गरिएको अन्तरास्ट्रिय नेपाली समाज युकेका संयोजक भोला खनालले बताए ।


यो कार्यक्रम अनावस्यक कार्यक्रममा पैसा र समय बर्बाद गर्ने परिपाटी भन्दा जीवनमा  ३ घन्टाको समय  अत्यन्त उपयोगी हुने छ  र जिवनभर उर्जा दिन सफल हुने दावी छ कार्यक्रम सहयोगी  जगन कार्कीको ।


यहाका नेपाली समुदायलाइ जीवन उपयोगी कला  प्रदान गर्ने पबित्र उदेस्य  तथा उक्त कार्यक्रम मार्फत  संकलित  प्रति व्यक्ति १० पाउण्डले उठाईएको सुल्कबाट खर्च काटेर बाकी सबै रकम बाढी  पीडितलाइ सहयोगर्थ जाने कुरा कार्यक्रम संयोजक हेम गुरुङले बताए ।


त्यस्तै अर्का संयोजक बिरेन्द्र श्रेष्ठ यो कार्यक्रमले १० पाउण्ड मूल्यमा खाना, योग शिक्षा र  बाढी  पिडितलाइ  सहयोग पनि हुने भन्दै बढी भन्दा बढी जनसमुदायलाई उपस्थित भएर कार्यक्रम सफल पारिदिनु हुन अनुरोध गरेका छन ।



बाढी पीडितलाई सहयोगार्थ लण्डनमा बिकाशानन्दको योगा शिविर हुँदै
Advertisements:

0 comments:

Post a Comment

Recent Posts