Subscribe Twitter FaceBook

Pages

Sunday, August 21, 2016

वाशिंटन डिसीमा सुरसुधाको सांगीतिक प्रस्तुति 

Advertisements:
Sur-Sudha


वाशिंगटन डिसी । शास्त्रीय सांगीतिक समूह सुरसुधा अहिले अमेरिकाको बिभिन्न राज्यहरुमा एक महिने सांगीतिक प्रस्तुति यात्रामा छ ।


अमेरिकाका टेक्सास, सिकागो, न्युयोर्क आदि राज्यमा प्रस्तुति देखाउँदै गत अगस्त १९ तारिख भर्जिनिया तथा अगस्त २० तारिख वाशिंगटन डिसीमा सुरसुधाको प्रस्तुति सम्पन्न भएको छ ।

 

अगस्त २१ तारिख बाल्टिमोरमा सुरसुधाले आफ्नो प्रस्तुति गर्नेछन् । नेपालको दीर्घकालिन सहयोगको लागि नेपालका लागि अमेरिकाका पूर्व राजदूत स्कट एच डेलेसीद्वारा स्थापित सोरवे फाउनडेसनको बिशेष पहलमा सुरसुधाको कार्यक्रम भइरहेको छ ।

 

‘इमपावर नेपाल टुर २०१६’ नामक उक्त कार्यक्रम तथा सोरवे फाउनडेसनका कार्यकारी निर्देशक पूर्व अमेरिकी राजदूत डेलेसीले कार्यक्रम प्रस्तुति गर्नु अगाडि सुरसुधालार्इ अामन्त्रण गर्नुको उद्देश्य तथा आगामी दिनमा नेपाललाई कसरी सहयोग गर्न सकिन्छ भन्ने बिषयमा प्रकाश पारेका थिए l उनले म नेपाललाई ज्यादै माया गर्छु भन्दै सबैलाई साथ दिन आग्रह समेत गरेका थिए ।

 

सुरसुधाको कार्यक्रममा बिशेष सहयोग गर्ने सबै नेपाली समुदाय, संघ/संस्था, सौजन्यकर्ता, संचार माध्यम, ब्यबसायी समेत लाई बिशेष धन्यवाद दिए ।


कार्यक्रममा सुमन तिम्सिना तथा भिन्तुना अन्तर्राष्ट्रियको तर्फ बाट राम चन्द्र खरेलले कार्यक्रम पूर्व सुरसुधा को बारेमा बोलेका थिए ।


वाशिंटन डिसीमा सुरसुधाको सांगीतिक प्रस्तुति 
Advertisements:

0 comments:

Post a Comment

Recent Posts