Subscribe Twitter FaceBook

Pages

Monday, August 22, 2016

सातौं राष्ट्रिय खेलकुदमा झण्डै ४५ सय खेलाडी

Advertisements:

५ भदौ, काठमाडौं । सातौं राष्ट्रिय खेलकुदमा ४ हजार ४ सय ४५ खेलाडी सहभागी हुने भएका छन् । आइतबार सातदोबाटोमा बसेको बैठकले उक्त निर्णयक गरेको राखेपका प्रेस सल्लाहकार रोहितकुमार दाहालले जनाएका छन् ।


जिल्ला, क्षेत्र छनोट पार गर्दै १ हजार ७ सय ४७ पुरुष तथा १ हजार १ सय ५३ महिला खेलाडी सहभागी हुनेछन् । प्रत्यक्षतर्फ खेलाडी संख्या जम्मा १ हजार ५ सय ४५ रहेको छ । त्यस्तै ३ सय १८ प्रशिक्षक, १ सय ९३ व्यवस्थापक, ८ सय १२ निर्णायक तथा ६३ जना संघका प्रतिनिधि राष्ट्रिय खेलकुदमा सहभागी गराइने छ ।


बैठकले विभिन्न जिल्लामा खेलस्थल पनि निर्धारण गरेको छ । सुनसरी, मोरङ, झापा, इलाम, सिरहा र सप्तरी जिल्लालाई खेलस्थल तोकिएको छ ।


सातौं राष्ट्रिय खेलकुदमा जम्मा १ हजार ५५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । जसमा स्वर्ण र रजतको संख्या समान २ सय ९९ रहेको छ । कांस्य पदक ४ सय ५७ छ ।


बैठकले जिल्ला छनोट भदौ २५ देखि असोज १४ तथा क्षेत्रीय छनोट कात्तिक २३ देखि मंसिर ३ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको प्रेस सल्लाहकार दाहालले जानकारी गराए । त्यस्तै सातौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको बैठक भदौ १६ गते विराटनगरमा हुने भएको छ ।


राखेपले सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा मंसिर ८ देखि १५ गतेसम्म गर्ने निर्णय गरिसकेको छ । सातौंअन्तर्गत पौडी, ट्रायथलन, शारीरिक सुगठन र एथलेटिक्सको म्याराथन सम्पन्न भइसकेको छ ।



सातौं राष्ट्रिय खेलकुदमा झण्डै ४५ सय खेलाडी
Advertisements:

0 comments:

Post a Comment

Recent Posts