Subscribe Twitter FaceBook

Pages

Saturday, August 20, 2016

मनोज गजुरेलको लोकमान ‘अवतार’ (फोटो कथा)

Advertisements:

३ भदौ, काठमाडौं । हरेक वर्ष हुने गाईजात्रे कार्यक्रममा कहिले ज्ञानेन्द्र त कहिले प्रचण्ड बनेर दर्शकलाई मनोरञ्जन पस्किँदै आएका हास्यकलाकार मनोज गजुरेललाई यसपालिको गाईजात्रामा भने लोकमान ‘अवतार’मा उत्रिएका छन् ।


गजुरेललाई अख्तियार प्रमुख लोकमानसिंह कार्की बन्न सजिलोचाँहि भएन । उनी कसरी लोकमानको अवतारमा मेकअप गर्दारहेछन् भनेर अनलाइनखबरको टोली शुक्रबार पछ्याएको छ । 


१.


Manoj gagurel lokman Awatar (1)


गाईजात्राको पहिलो दिन प्रज्ञाभवनमा राखिएका दुईवटा शोमध्ये पहिलो शो का लागि गजुरेल लोकमानसिंहको अवतारमा सजिनका लागि दिउँसो साढे एक बजे नै प्रज्ञाभवन, कमलादी पुगेका थिए ।


गाईजात्रा महोत्सव साढे एक बजेदेखि नै सुरु भए पनि गजुरेलको पालो साढे तीन बजे परेको थियो । एकैछिन विश्राम गरेर उनी आफूलाई ‘लोकमान अवतार’मा ढाल्नतिर जुटिहाले ।


२.


Manoj gagurel lokman Awatar (2)


गजुरेलले पहिला दौरा-सुरुवाल लगाए । लगाइराखेको टिसर्टमाथि नै दौरा पहिरिएपछि उनले भने – ‘लोकमान त मोटा छन्, सकेसम्म मोटो देखाउने हो ।’


३.


Manoj gagurel lokman Awatar (3)


त्यसपछि उनले लोकमान पाराको कोट र टोपी लगाए ।


टोपी ढाकाकै बनोटको भए पनि लोकमानको ‘बडप्पन’ दर्शाउने गरी विशिष्टखालकै खोजिएको रहेछ ।


४.


Manoj gagurel lokman Awatar (15)


त्यसपछि थालियो मेकअपको तयारी । मेकअप म्यान गणेश खड्काले ह्वाइटनर लगाएर लोकमानको कपाल फुलाए । त्यसपछि तिलचामले रङको छिपछिपे जुँगा राख्ने काम भयो ।


५.


Manoj gagurel lokman Awatar (6)


लोकमानको भूमिकामा देखिनका लागि मनोजले उनका विभिन्न फोटो र भिडियो हेरेर हाउभाउ र शैली नियालेका रहेछन् ।


६.


Manoj gagurel lokman Awatar (5)

‘लोकमानको मुख्य लोगो चाहिँ निधारमा रातो गोलो टीका हो,’ उनले यसो भनिरहँदा गणेशले गजुरेलको निधारमा गोलाकार टीका बनाइरहेका थिए ।


७.


Manoj gagurel lokman Awatar (9)


‘लोकमान लुक्स’ मा घाँटीको लुँदा चिउँडोसँगै झुन्डिने गरी तयार भएपछि मनोजले चश्मा लगाए ।


लोकमानको ‘क्यारिकेचर’ गर्दा मनोज गजुरेललाई तीनवटा कुरामा ‘डर’ रहेछ । प्रथमतः व्यंग्य गरिरहँदा अख्तियारजस्तो संस्थाको मान मनितोलाई पनि ख्याल गर्नैपर्ने दायित्व गजुरेलले भुलेका रहेनछन् ।


८.


Manoj gagurel lokman Awatar (8)


दोस्रो, लोकमानको अनुहार, हाउभाऊ र बोली आम सर्वसाधारणले थाहा नपाएका कारण उनको नक्कल खासै विकाउ नहुने गजुरेललाई लागेको रहेछ । किनभने प्रचण्ड, ज्ञानेन्द्रजस्ता नेतालाई सर्वसाधारणले जति धेरै चिन्छन्, लोकमानलाई सबैले त्यसरी नजिकबाट चिन्दैनन् र टीभीमा पनि कमै देख्छन् ।


अनि तेस्रो समस्याचाँहि बडेमाको जीउडालका लोकमानको साँच्चै नक्कल गर्न गजुरेललाई प्राविधिकरुपमा निकै गाह्रो देखिएको छ । उनको क्यारिकेचर गर्न सजिलो देखेका छैनन् गजुरेल स्वयंले ।


९.


Manoj gagurel lokman Awatar (7)


सम्भवतः यही कारणले हुनुपर्छ, शुक्रबार उनको प्रहसनमा दर्शकहरुले त्यति ताली बजाएनन्, जति ज्ञानेन्द्र वा प्रचण्डको अभियान गर्दा बजाएका थिए ।


भ्रष्टाचार नियन्त्रण गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग पछिल्लो समय आफैं विवादमा परेको विषयलाई मनोज र अन्य कलाकारको प्रहसनमार्फत व्यङ्ग्य गरिएको छ ।


१०.


 


Manoj gagurel lokman Awatar (10)


प्रहसनमा दुई सांसदको भूमिकामा सुबोध गौतम र दिनेश काफ्ले तथा लोकमानको सुरक्षागार्डको रूपमा भरतमणि पौडेलले अभिनय गरेका छन् ।


११.


Manoj gagurel lokman Awatar (13)


लोकमानको विवादास्पद भूमिकालाई ‘लोकमा हान्’ चरित्रमा ढालिएको छ ।


प्रहसनको विषयवस्तुबारे चर्चा गर्दा संसदीय समितिले पटकपटक बोलाउँदा लोकमान उपस्थित नभएपछि सांसदहरू ‘ओखतीयार अड्डा’ पुगेर सोधपुछ गर्छन् ।


१२.


Manoj gagurel lokman Awatar (14)


तर, लोकमानको भव्य आकृति सामु लिखुरे सांसदहरू हाकाहाकी प्रश्न सोध्न सक्दैनन् । डरले थुर्थुर हुन्छन् । ‘संसदीय व्यवस्थामा सांसदहरुको पनि विशुद्ध छवि र इच्छाशक्ति नहुँदा लोकमानलाई छुने आँट नगरेका हुन्,’ मनोजले प्रहसनको विषयवस्तु बनेको राजनीतिक परिदृश्यमाथि टिप्पणी गर्दै भने ।


१३.


Manoj gagurel lokman Awatar (12)


गाईजात्रा महोत्सवमा अन्य विविध हास्य परिकारका साथै मनोजको लोकमान अवतार भदौ १६ गतेसम्म हेर्न सकिनेछ ।


 



मनोज गजुरेलको लोकमान ‘अवतार’ (फोटो कथा)
Advertisements:

0 comments:

Post a Comment

Recent Posts