Subscribe Twitter FaceBook

Pages

Friday, August 19, 2016

मलेसियाबाट दिलबहादुरलाई करीब तीन लाख, रामचन्द्रलाई एक लाख २० हजार सहयोग

Advertisements:

क्वालालम्पुर । मलेसियामा विरामि परेका रोल्पाको ह्वामा गाविस-८ (हाल दाङ)का दिलकुमार बुढामगरलाई जोहोरबारुको एक कम्पनिमा कार्यरत नेपालीहरुले करीव तीन लाख रुपैयाँ सहयोग गरेका छन् । जोहोरवारुको गेलनपत्तामा पिटिपिफलेस्ट्रोनिक कम्पनीमा कार्यरत नेपालीहरुले उक्त रकम सहयोग गरेका हुन् ।


Dil-Bahadur-Budha

दिलकुमार बुढामगर



केही समय अगाडि काम गरिरहेको ठाउँमा बुढामगर अचानक ढलेका थिए । तत्कालै उनलाई कम्पनीकै क्लिनिकको सहयोगमा एम्बुलेन्समार्फत् सुल्तान अमिना अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारको क्रममा बुढामगरको दुबै मिर्गौलामा खराब रिपोर्ट देखिएको थियो ।


सरकारी अस्पतालमा उपचारमा ढीलो हुने भएकाले कम्पनीले बुढामगरलाई प्राइभेट अस्पतालमा लगि एक हप्तामा-चार पटकसम्म डाइलोसिस गराइएको थियो । उपचार पश्चात केही सुधार आएपछि र बुढामगरले समेत नेपाल फर्कने रुचि देखाएपछि कम्पनीले नेपाल पठाइदिएको सुन्दर श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।


विहीबार दाङस्थित घर पुगेका बुढामगरको परिवारले कहाँ उपचार गराउने भन्दै अन्योल परिरहेको टेलिफोन जानकारी दिए ।


यसैगरी साउदी अरवमा जेलमा कानुनी सजायँ भोगिरहेका कुशादेवी काभ्रेका रामचन्द्र तिमिल्सेना बचाउ अभियानको लागि मलेसियाबाट एक लाख २० हजार २ सय ९२ रुपैयाँ नेपाल पठाएका छन् ।


पोर्टकेलाङमा रहेको सामसुङ कम्पनीमा कार्यरत कर्मचारीहरुको सक्रियतामा रकम जम्मा भएको थियो । संकलित रकम पत्रकार दिपक घिमिरेको नाममा पठाइएको शेरबहादुर तामाङले अनलाइनखबरलाई जानकारी दिए ।


यसअघि पनि सडक दुर्घटनामा घाइते भएका कम्पनीमै कार्यरत सिन्धुपाल्चोकका सोमबहादुर तामाङलाई १२ हजार रिंगेट -करीव साढे तीन लाख रुपैयाँ) जम्मा गरेर तामाङकै हातमा राखिदिएका थिए । पोर्टकेलाङमा रहेको सामसुङ कम्पनीमा करीव साढे चार सय नेपालीहरु कार्यरत छन् ।



मलेसियाबाट दिलबहादुरलाई करीब तीन लाख, रामचन्द्रलाई एक लाख २० हजार सहयोग
Advertisements:

0 comments:

Post a Comment

Recent Posts