Subscribe Twitter FaceBook

Pages

Saturday, August 20, 2016

रिचार्जभन्दा मोबाइल चार्ज महँगो !

Advertisements:

mobile charge


४ भदौ, काठमाडौं । बागलुङको पश्चिममा बाढीपहिरो प्रभावित क्षेत्रका बासिन्दा करिब एक महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।


केन्द्रीय प्रसारण लाइने नछोएको लघुजलविद्युत आयोजनाबाट उत्पादित विद्युत उपभोग गर्दै आएका उपभोक्ता असार १० गते आएको बाढीपहिरोले २० वता लघुजलविद्युतमा क्षति पुर्‍याएपछि अन्धारमा बस्न बाध्य भएका छन् ।


बूतिवाङ क्षेत्रका अधिकारीचौर, ओबाङ, खंगा, बाहोरागाउँ र निसीलगायतका गाविसमा सञ्चालित आयोजनामा इाति पुगेपछि करिब ५ हजार उपभोक्त मटि्टतेल बाल्न बाध्य भएका छन् । विद्युत आयोजना मर्मतमा अझै दूई तीन हप्ता लाग्ने भएपछि बुर्तिबाङ बजारमा जेनेरेटरको मात्र खपत बढेको आजको राजधानी दैनिकमा समाचार छ ।


स्थानीय बव्यापारीले जेनेरटर खरिद गरी आफ्नेा उद्योगधन्दा सञ्चालन गरेका छन् ।


विद्युत नभएपछि स्थानीयलाई मोबाइल चार्ज गर्न समेत मुस्किल परेको छ । उनीहरु बुर्तिङ बजार आएर जेनेरेटरबाट मोबाइल चार्ज गर्ने गरेका छन् ।


एउटा मोबाइल चार्जबापत पसलेले ५० देखि ६० रुपैयाँ सम्म लिने गरेका छन् । विद्युत आपूर्ति बन्द भएपछि स्थानीयमा रिचार्जभन्दा मोबाइल चार्ज गर्न बढी रकम खर्च गर्नुपर्ने बाध्यता छ ।



रिचार्जभन्दा मोबाइल चार्ज महँगो !
Advertisements:

0 comments:

Post a Comment

Recent Posts