Subscribe Twitter FaceBook

Pages

Sunday, August 21, 2016

नयाँदिल्लीमा प्रचण्डको यसरी भयो प्रशंसा !

Advertisements:

bhagat-singh-koshiyari


५ भदौ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी भारत भ्रमणमा रहेकै बेला पत्रकार ऋषि धमला पनि दिल्ली पुगेका छन् । दिल्लीमा धमलाले विभिन्न पार्टीका नेताहरुलाई भेट्ने अभियानै चलाएका छन् ।


यसैक्रममा धमलाले दिल्लीबाट पठाएको समाचारअनुसार भारतीय नेताहरुले नेपालका प्रधानमन्त्री प्रचण्ड फेरिएको भन्दै प्रशंसा गरेका छन् ।


भारतीय जनता पार्टीका प्रभ्ाावशाली नेता एवम् नेपाल मामिलाका जानकार भगतसिंह कोशियारीले संविधान संशोधनमार्फत असन्तुष्ट पक्षहरुको मुद्दा सम्बोधन गरेर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने गरी प्रचण्ड नेतृत्वको सरकारले काम गर्नुपर्ने सुझाव दिए ।


कोशयारीले धमलासँग भने, ‘पहिलाको प्रचण्डजी र अहिलेको प्रचण्डमा फरक छ, उहाँ सुझबुझका साथ प्रधानमन्त्री बन्नुभएको छ । मलाई लाग्छ, उहाँले मुलुकलाई निकास दिनेबारेमा गम्भिर भएर विशेष पहलकदमी लिनुहुनेछ ।’


कोशीयारीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि द्वीपक्षीय सम्बन्ध अझै समुधुर र प्रगाढ बन्ने विश्वास समेत व्यक्त गरे । उनले धमलासँग भने, ‘अब हुने भनिएको द्वीपक्षीय उच्चस्तरीय भ्रमणले नेपाल-भारत सम्बन्ध अझ मजबुत बनाउँछ, त्यसमा कुनै शंका नै छैन् ।’


भारत नेपालमा जहिले पनि शान्ति, सुव्यवस्था, स्थिरता र आर्थिक समृद्धि चाहाने उल्लेख गर्दै कोशियारीले नेपाल अब आर्थिक समृद्धिको बाटोमा अघि बढोस्, यसमा भारतको पूर्ण साथ र सहयोग रहनेछ भनेका छन् ।


नेपाल भारत प्रवुद्ध समूहमा समेत रहेका कोशीयारीले प्रचण्डको भारत भ्रमणका बेलामा दुई देशवीच भएका विभिन्न सन्धि-सम्झौत्ााहरु आपसी समझदारी र छलफलको माध्यमबाट पुनरावलोकन गरिनेसमेत बताएका छन् । ‘नेपाल-भारत सम्बन्धमा देखिएका सबैखाले असमझदारी हटाउने कुरामा हामी पूर्ण तयार छौं,’ कोशियारीलाई उधृत गर्दै धमलाले भनेका छन्,’आपसी वार्ता र छलफलको माध्यमबाट हामी यसलाई टुंगोमा पुर्‍याउँछौं ।’


कुन भारतीय नेताले के भने ?


त्यसैगरी कांग्रेस आईका बरिष्ठ नेता डा. करण सिंहले संविधान संशोधन गर्ने कुरामा आफूले चूनौति देखेको स्पष्ट पारेका छन् । डा. सिंहले भने, ‘संविधान संशोधन कसरी गर्ने भन्ने विषयमा मैले चूनौति देखेको छु, एमालेलाई सहमतिमा लिएर संविधान संशोधन गर्ने वा सरकारले दुई तिहाइ पुर्याउने ?’


उनले संविधान कार्यान्वयनका लागि पनि समयमै निर्वाचन सम्पन्न हुनुपर्ने धारणा राखेका छन् । उनले आफ्नो पार्टीले नयाँ सरकारलाई पूर्ण सहयोग गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।


कांग्रेस नेता सिंहले नेपालमा देखिएको संघीयतासम्बन्धी सिमांकनको विवाद समाधान भएर मोर्चा सरकारमा सहभागी भए संविधान कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताए ।


त्यसैगरी जनता दल युनाईटेडका अध्यक्ष शरद यादवले नेपाल-भारत सम्बन्ध नयाँ शिरामा पुगेको विश्वास व्यक्त गरेका छन् । यादवले भने, ‘द्वीपक्षीय सम्बन्ध सुधार भएको छ, अब यसलाई नयाँ गति दिनुपर्छ ।’ उनले अब द्वीपक्षीय सम्बन्ध सानातिना कुरामा अल्भिmन नहुनेसमेत तर्क गरेका छन् ।


अध्यक्ष यादवले काँग्रेस-माओवादी केन्द्रको गठबन्धनमा बनेको नयाँ सरकारले मधेसवादी दल र एमालेलाई पनि साथमै लिएर अघि बढ्नुपर्ने सुझाव दिए । उनले भने, ‘जतिसक्दो चाँडो सीमांकनको विवाद समाधान भएर नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढोस् भन्ने हाम्रो चाहना छ ।’


उनले प्रधानमन्त्री प्रचण्डलाई दुरदर्शी नेताको रुपमा समेत चित्रण गरेका छन् । यादवले अघि थपे, ‘प्रचण्डजी अहिले परिवर्तन हुनुभएको छ, पहिलाको जस्तो प्रचण्ड अब हुनुहुन्न, उहाँले मुलुकलाई निकास दिने कुरामा म विश्वस्त छु ।’


त्यसैगरी भारतीय राष्ट्रवादी काँग्रेसका महासचिव डीपी त्रिपाठीले नेपाल-भारत सम्बन्ध सुमधुर बनेको भन्दै नेपालका प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई सफल बनाउन आफुहरु लागिपर्ने बताए । उनले भने, ‘भारत प्रचण्डजीको भ्रमणको स्वागत गर्न आतुर छ ।’


आफूले प्रचण्डलाई नेपालको सफल प्रधानमन्त्रीको रुपमा देख्न चाहेको समेत उनको भनाई थियो । त्रिपाठीले प्रचण्डलाई दीर्घकालीन हित हुने गरी काम गर्नसमेत सुझाव दिएका छन् । उनले असन्तुष्ट मधेसी मोर्चालाई साथमै लिएर अघि बढ्न समेत प्रचण्डलाई आग्रह गरेका छन् ।


त्रिपाठीले भने, ‘मोर्चाको माग पूरा गर्न संविधान संशोधन गर्नुपर्छ, त्यसका लागि सरकारले पहलकदमी लेओस् भन्ने हाम्रो शुभकामना छ ।’


संविधान संशोधन भएपछि मधेशी मोर्चा पनि सरकारमा सहभागी हुनुपर्ने त्रिपाठीको धारणा छ ।


त्यस्तै भारतीय कम्युष्टि पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरीले पनि प्रधानमन्त्री प्रचण्डले सबै दललाई मिलाएर लैजान सक्नेमा आफू पूर्ण विश्वस्त रहेको ऋषि धमलासँग बताएका छन् ।



नयाँदिल्लीमा प्रचण्डको यसरी भयो प्रशंसा !
Advertisements:

0 comments:

Post a Comment

Recent Posts