Subscribe Twitter FaceBook

Pages

Monday, August 1, 2016

एक्सन स्टोरीमा ‘बर्दी’, निर्माताको जन्मदिनमा अडियो रिलिज

Advertisements:

bardi audio bimochan

संचारकर्ममा लामो समय बिताएका कुमार आचार्यले निर्माण गरेकेा चलचित्र ‘बर्दी’को टिजर, गीत र अडियो सार्वजनिक गरिएको छ । बनेपाको एक रिसोर्टमा आयोजना गरिएको कार्यक्रममा निर्माता छविराज ओझा, वितरक गोपाल कायस्थ, नेपाल चलचित्र प्राविधिक संघका पूर्व अध्यक्ष मनोज केसी लगायतले अडियो विमोचन गरेका थिए । कार्यक्रममा प्रस्तुतकर्ता आचार्यले चलचित्रले सामाजिक सन्देश दिने बताए । प्रमुख अतिथि निर्माता ओझाले लामो समयदेखि सञ्चारकर्ममा सक्रिय कुमारको चलचित्रलाई दर्शकले पनि रुचाउनेमा विश्वास व्यक्त गरे ।


आचार्यले आफ्नो जन्मदिनको अवसर पारेर चलचित्रको अडियो सार्वजनिक कार्यक्रम आयोजना गरेका थिए । सोही अवसरमा निर्माता ओझाले आचार्यको जन्मदिनका अवसरमा उनका छोरा प्रवेशलाई एभरेष्ट फिल्म एकेडेमीमा निशुल्क अध्ययन गराइदिने घोषणा गरे । संगीतकार विकास चौधरीले चलचित्रको संगीतको बारेमा चर्चा गरेका थिए ।


प्रवेश फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको चलचित्रलाई विजयविक्रम बस्नेतको निर्देशन गरेका हुन् । चलचित्रमा कुशल थापा, अनु शाह, वीरेन डिसी, रुपा खनाल, भानुप्रताप, म्याण्डी बाबुलगायतका कलाकारको अभिनय गरेका छन् ।


चलचित्रमा गीता आचार्य, प्रवेश आचार्य र करुणा आचार्यको लगानी छ । चलचित्रमा गणेश श्रेष्ठको छायांकन, विकास चौधरीको संगीत, प्रदिप श्रेष्ठको नृत्य, रविन्द्र खड्का र साहिल खानको सम्पादन, कुमार महर्जनकेा एक्सन छ । रिलिज डेट फाइनल नभएको यो चलचित्रलाई श्रीराम बालाजी फिल्मस् र एफडी कम्पनीले वितरण गर्नेछन् ।



एक्सन स्टोरीमा ‘बर्दी’, निर्माताको जन्मदिनमा अडियो रिलिज
Advertisements:

0 comments:

Post a Comment

Recent Posts