Subscribe Twitter FaceBook

Pages

Monday, August 1, 2016

मेरो चलचित्रको कथा र लोकेशन दुबै ‘भर्जिन’ छः ऋषिराज

Advertisements:

risiraj aacharya suntali

साउन २१ अर्थात आउँदो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो, ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ । यो चलचित्रलाई ऋषिराज आचार्यले निर्देशन गरेका हुन् । निर्देशक आचार्य यो चलचित्रको कथावस्तु खुलाउन चाहदैनन् ।


सुशान्त कार्की, सुरजनी केसी, सुशिल सिटौला, रीजा भुषालको मुख्य भूमिकामा रहेको यो चलचित्रको बिषयमा निर्देशक आचार्यसँग गरिएको कुराकानीः


१. ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ कस्तो चलचित्र हो ?

यो एउटा नेपाली बिषयवस्तुमा बनेको कमेडी चलचित्र हो ।


२. चलचित्रको बिषयवस्तु खुलाउन मिल्छ ?

यसमा एउटा सामाजिक कथालाई उठान गरिएको छ । चलचित्रमा नेपाली समाज भित्रकै एउटा प्रथालाई देखाउन खोजिएको छ, जुन सस्पेन्स साउन २१ गतेपछि मात्र खुल्नेछ । पहिले नै भनिदिदा दर्शकलाई सस्पेन्स हुँदैन, यसैले हामीले गोप्य राखेका हौ ।


३. तपाइले यही बिषय रोज्नुको कारण के होला ?

यसमा एउटा बिषयवस्तु उठान गरिएको छ, जुन अहिलेसम्म उठान भएको थिएन । फेरि अहिले चलनचल्तीका सामान्य चलचित्र भन्दा राम्रो बिषय भएन भने दर्शकले पनि हेर्नुहुन्न । यसैले, हामीले फरक कथा उठान गरेका हौ ।


४. तपाइको चलचित्रका कलाकारको चर्चा बजारमा खासै छैन, चिनिएका अनुहार भएनन् भनिन्छ नी ?

मुख्यकुरा त, चलचित्रले जुन कलाकार खोजेको छ उसैलाई लिने हो । यो अर्थमा मेरो चलचित्रका कलाकार कमजोर होइनन् । मैले कथा अनुसारका पात्र छनोट गरेको छु ।


५. अघिल्लो चलचित्र ‘सपना तिम्रो मेरो’ पनि खासै चलेन ? यो चलचित्र चल्छ भन्नेमा कसरी ढुक्क हुनहुन्छ ?

मेरो अघिल्लो चलचित्र ‘सपना तिम्रो मेरो’ भूकम्पपछि रिलिज भएको थियो । भूकम्पपछि रिलिज भएका मध्ये चल्ने पहिलो चलचित्र थियो । करोड क्लबमा जादा मात्र चलचित्र चलेको भन्ने हुँदैन । यसपटक मैले कथावस्तुमा विशेष ध्यान दिएको छु ।


जहाको कथा हो त्यही नै बसेर कथा लेखेको छु । छायांकन गर्ने बेलामा पनि सुरुमै कथाले मागेको लोकेशनमा नै गएर हामीले खिचेका छौ । मोबाइलको नेटवर्क पनि नआउने स्थामा पुगेर हामीले १ महिना चलचित्र खिचेका छौ । नेपाली दर्शकहरुले भर्जिन स्टोरी, भर्जिन लोकेशन भएको चलचित्र हेर्न पाउनुहुनेछ । एसियाको दोश्रो ठूलो झरना पोकली झरनामा गएर हामीले चलचित्र खिचेका छौ । कथावस्तु, लोकेशनदेखि हरेक कुरामा संझौता गरिउएको छैन ।


६. तपाई चलचित्र क्षेत्रमा आएर के देखाउन चाहनुहुन्छ ?

म यहाँ अन्त केही काम नभएर गफ गर्न आएको होइन । म हरेक पटक नयाँ कथामा स्तरिय चलचित्र बनाउन चाहन्छु । मेरो लक्ष्य अस्कर अवार्डसम्म पुग्नु पर्छ भन्ने हो । यसका लागि मैले मिहिनेत पनि गरेको छु । नेपाली चलचित्रलाई विश्व बजारमा पुर्‍याउने लक्ष्य छ ।



मेरो चलचित्रको कथा र लोकेशन दुबै ‘भर्जिन’ छः ऋषिराज
Advertisements:

0 comments:

Post a Comment

Recent Posts