Subscribe Twitter FaceBook

Pages

Wednesday, August 3, 2016

सरकारमा पार्टीको नेतृत्व नपाए मन्त्री नहुने केसीको अडान

Advertisements:

Arjun narshing KC (3)


१८ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रचण्ड सरकारमा पार्टीको नेतृत्व दिए मात्र मन्त्री हुने बताएका छन् । नभए आफू मन्त्री नहुने उनले बताएका छन् ।


कांग्रेसले पहिलो चरणमा सानो टिम सरकारमा पठाउने तयारी गरेको छ । अहिलेसम्मको तयारी हेर्दा सरकार गठनमा निणर्ायक भूमिका खेलेका विमलेन्द्र निधिले नेतृत्व पाउने सम्भावना बलियो छ ।


तर, केसीले पनि दोबदार छाडेका छैनन् । उनले आफू सिनियर भएको भन्दै सरकारमा पार्टीको नेतृत्व पाए मात्र मन्त्री हुने अडान लिएका छन् । प्रचण्ड सरकारमा पार्टीको नेतृत्व पाउनु भनेको उपप्रधानमन्त्री हुनु हो ।


सरकारमा पार्टीको नेतृत्व गर्न नपाए मन्त्री नहुने उनको पार्टी सभापति शेरबहादुर देउवालाई प्रष्ट सन्देश दिएको उनी निकट स्रोतले बताएको छ । उनको भनाइ उदृत गर्दै स्रोतले भन्यो, १७ वर्ष मन्त्री नहुँदा त भयो भने सरकारमा पार्टीको नेतृत्व मैले नपाउने हो भने अब पनि हुन्नँ, मन्त्री मात्र हुने कुनै इच्छा छैन ।’


केसी पार्टीको १३ औं महाधिवेशन ताका देउवा समूहमा गएका महामन्त्रीको चुनाव लडेका थिए । तर, पराजित भए ।



सरकारमा पार्टीको नेतृत्व नपाए मन्त्री नहुने केसीको अडान
Advertisements:

0 comments:

Post a Comment

Recent Posts