१८ साउन, काठमाडौं । सरकारको नेतृत्व गर्ने तयारी गरिरहेको माओवादी केन्द्रले पोखरामा कानुनविपरीत सार्वजनिक जग्गा व्यक्तिलाई बाँड्ने अभियान सुरु गरेको छ ।
हालै स्थानीय बासिन्दाको पहलमा व्यक्तिको कब्जाबाट मुक्त गराइएको गोरखा नगरपालिका ९ को दरौदी बगरको करिब पाँच सय रोपनी जग्ग्ा केन्द्रले फेरि व्यक्तिलाई बाँड्ने अभियान सुरु गरेको हो ।
माओवादी केन्द्रले संघर्ष समित गठन गर्दै उक्त जग्गा किसानलाई खेती गर्न दिन दबाब दिएको आजको अन्नपूर्णमा समाचार छ ।
केन्द्रनिकट किसान संघका सचिव रामबहादुर खड्काको संयोजकत्वमा शनिबार ३१ सदस्यीय संघर्ष समितिगठन गरिएको छ ।
माओवादी झन्डासहित नगर संयोजक कृण्ण रानाको नेतृत्वमा सार्वजनिक जग्गामा पुगोका उनीहरुले विभन्न नारा लगाएका थिए ।
सार्वजनिक जग्गा बाँड्दै माओवादी
0 comments:
Post a Comment