Subscribe Twitter FaceBook

Pages

Tuesday, August 2, 2016

सुटिङ नै रोकेर दीपिकासँग २ घन्टा बिताए सलमानले

Advertisements:

salman and deepika

अभिनेता सलमान खान र अभिनेत्री दीपिका पादुकोणले आजसम्म कुनै पनि बलिउड चलचित्रमा काम गरेका छैनन् । जबकी, यी दुबै अहिले बलिउडका सर्वाधिक सफल कलाकार हुन् ।


तर, दीपिका र सलमानले एकसाथ काम गर्ने चर्चा मिडियामा नआएको होइन । हालै मात्र यी दुइविचको केमेष्ट्री स्पष्ट देखिएको छ । मुम्बइको एक स्टूडियोमा सलमान विज्ञापनको सुटिङमा व्यस्त थिए । जब सलमानले सोही स्टूडियोमा दीपिका पादुकोण पनि सुटिङमा व्यस्त रहेको थाहा पाए, उनले छायांकन नै रोकिदिए । आफ्नो छायांकन रोकेर उनी दीपिका भएको स्थानमा पुगे ।


दीपिका र सलमानले छायांकन रोकेर करिब २ घन्टा गफमा बिताएको भारतीय मिडियाको दाबी छ । दुबैले छायांकन रोकेर गफमा व्यस्त भएपछि उनीहरुको यूनिट पनि हैरान भएको थियो । सलमान र दीपिकाले एक नयाँ प्रोजेक्टमा एकसाथ काम गर्ने चर्चा छ । सायद, यी दुइको गफ यही बिषयमा थियो कि ?



सुटिङ नै रोकेर दीपिकासँग २ घन्टा बिताए सलमानले
Advertisements:

0 comments:

Post a Comment

Recent Posts