Subscribe Twitter FaceBook

Pages

Sunday, August 14, 2016

आर्यन र नम्रता फेरि उत्कृष्ट, ‘क्लासिक’ बर्षकै उत्कृष्ट चलचित्र(फोटाे फिचरसहित)

Advertisements:

aaryan award lidai

पहिलो पटक मोफसलमा आयोजना भएको चलचित्र सम्बन्धी अवार्डले पोखरा चलचित्रमय भएको छ । शनिबार पोखराको एक होटलमा आयोजना भएको ‘आठौ डी सिने अवार्ड’मा चलचित्रकर्मी, पत्रकारको उपस्थिती थियो ।


काठमाण्डौबाट गएका चलचित्रकर्मी र पत्रकारको टोलीको साथमा पोखरामा कलाकार र पत्रकारको उपस्थितीका विच करिब ३ घन्टा भन्दा लामो समय अवार्ड चलेको थियो । डीजिटल प्रविधिमा बन्दै आएका चलचित्रलाई समावेश गरेर विभिन्न २६ विधामा अवार्ड वितरण गरिएको थियो । साथै, विभिन्न चलचित्रकर्मीलाई सम्मान पनि गरियो ।


कार्यक्रममा नायिका करिश्मा मानन्धर र निर्माता छविराज ओझालाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’बाट सम्मानित गरिएको थियो । यस्तै, पत्रकार नरेश भट्टराइलाई ‘छायाछवि चलचित्र पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको थियो । dipashree award surendra paudel award sudarsan thapa award keki adhikari award

नायिका केकी अधिकारी र नायक सौगात मल्ललाई ‘क्रिटिक्स अवार्ड’ प्रदान गरिएको थियो । ‘मस्ट पपुलर चलचित्र अवार्ड’ चलचित्र ‘पशुपति प्रसाद’लाई प्रदान गरियो । मोफसलमा चलचित्र सम्बन्धी अवार्ड आयोजना गरेर नेपाली चलचित्रको चहलपहल काठमाण्डौ बाहिर पनि बढाउन खोजिएको आयोजकको भनाई छ ।


यो पटक पनि उत्कृष्ट नायक-नायिकाको विधामा नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठले नै बाजी मारेका छन् । केही हप्ता अगाडि काठमाण्डौमा आयोजना भएको ‘फान अवार्ड’मा पनि यो जोडी नै उत्कृष्ट भएको थियो ।


‘पब्लिक च्वाइस अवार्ड’ निर्देशक सुदर्शन थापालाई प्रदान गरियो । अवार्ड समारोहमा २६ विधा बाहेक अन्य थुप्रै विधामा पनि अवार्ड प्रदान गरिएको थियो । आयोजकले विवादमा नफस्नका लागि गतबर्ष सफल र चर्चित बनेका सबैजसो चलचित्र र चलचित्रकर्मीलाई विभिन्न नाममा अवार्ड प्रदान गरेको स्पष्ट देखिन्छ । नोमिनेशन सार्वजनिक गरिएका भन्दा बाहेक अन्य विभिन्न विधामा प्रदान गरिएको अवार्ड यस्ता छन्ः


जुरी अवार्डः कबड्डी कबड्डी
प्रोत्साहन अवार्डः रामेश्वर चौरासिया
वेष्ट स्टारडम अवार्डः निखिल उप्रेती
डायस्पोरा फिल्म अवार्डः रविन आचार्य
चलचित्र सम्मानः रमेश चन्द्र राई र निर्मल शर्मा
मौलिक चलचित्र अवार्डः धौली
मस्ट पपुलर सङः सुर्के थैली खैkarisma manandhar krishna hari baral deepak and deepa nikhil award


अन्य विभिन्न २६ विधामा प्रदान गरिएको अवार्डका विजेता र चलचित्रको नाम यसप्रकार छः


उत्कृष्ट ड्रेसः विना घले(ड्रिम्स)
उत्कृष्ट एनिमेशन ग्राफिक्सः रमेशकुमार श्रेष्ठ(फूलै फूलको मौसम तिमीलाई)
उत्कृष्ट पाश्र्व संगीतः एलिस कार्की(वडा नम्बर ६)
उत्कृष्ट आइटम नृत्यः प्रियंका कार्की(लुटेरा)
उत्कृष्ट द्धन्द्धः हिमाल केसी(भैरव)
उत्कृष्ट नृत्यः रेशना राई(प्रेमगीत)
उत्कृष्ट गीतकारः डाक्टर कृष्णहरि बराल(प्रेमगीत)
उत्कृष्ट गायिकाः अन्जु पन्त(प्रेमगीत)
उत्कृष्ट गायकः यूवराज चौलागाई(क्लासिक)
उत्कृष्ट संगीतकारः अर्जुन पोख्रेल(प्रेमगीत)
उत्कृष्ट संवादः दीपकराज गिरी(वडा नम्बर ६)
उत्कृष्ट पटकथाः खगेन्द्र लामिछाने(पशुपति प्रसाद)

उत्कृष्ट कथाः सन्तोष कुमार आत्रेय(धौली)

उत्कृष्ट नव–नायिकाः साम्राज्ञीराज्य लक्ष्मी शाह

उत्कृष्ट नव–नायकः पल शाह

उत्कृष्ट नव निर्देशकः भूवन केसी

उत्कृष्ट खलपात्रः विपिन कार्की(पशुपति प्रसाद)

उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे(वडा नम्बर ६)

उत्कृष्ट चरित्र अभिनेताः माओत्से गुरुङ(कबड्डी कबड्डी)

उत्कृष्ट चरित्र अभिनेत्रीः दीपाश्री निरौला(वडा नम्बर ६)

उत्कृष्ट सम्पादनः सुरेन्द्र पौडेल(क्लासिक)

उत्कृष्ट छायांकनः पुरुषोत्तम प्रधान र संजय लामा(ड्रिम्स)

उत्कृष्ट सह–अभिनेत्रीः अशिष्मा नकर्मी(अधकट्टी)

उत्कृष्ट सह–अभिनेताः जितु नेपाल(वडा नम्बर ६)
उत्कृष्ट अभिनेत्रीः नम्रता श्रेष्ठ(क्लासिक)

उत्कृष्ट नायकः आर्यन सिग्देल(क्लासिक)

उत्कृष्ट निर्देशकः दीपेन्द्र के खनाल(पशुपति प्रसाद)

उत्कृष्ट चलचित्रः क्लासिक


rajaram siwakoti award yuvaraj chaulagain award arjoon pokheral award deepkaraj giri award samragyi award pal shah award deependra k khanal


तस्विरः कमल प्रसाई 



आर्यन र नम्रता फेरि उत्कृष्ट, ‘क्लासिक’ बर्षकै उत्कृष्ट चलचित्र(फोटाे फिचरसहित)
Advertisements:

0 comments:

Post a Comment

Recent Posts