Subscribe Twitter FaceBook

Pages

Sunday, August 7, 2016

रातमा निद्रा लाग्दैन, अपनाउनुस् यी उपाय

Advertisements:

sleepingदिनभरको भागदौड, तनाव तथा धेरै काम गर्नुपर्नाका कारणले धेरै मानिसलाई रातमा राम्रो निद्रा नपर्ने समस्या हुन्छ । तर पर्याप्त निद्रा नपर्नु विभिन्न खाले रोगको कारक बन्ने अनुसन्धानहरुले पुष्टि गरिसकेका छन् । जो मानिसहरु रातमा केवल ५।६ घण्टा मात्र सुत्दछन् उनीहरुमा मुटुरोग, हृदयाघात, मधुमेह तथा बाथ जस्ता खतरनाक रोगको खतरा बढ्दछ । त्यसैले कम्तीमा रातमा ७।८ घण्टा सुत्नुपदछ । तर कतिपय मानिसहरु सुत्न चाहँदा चाहँदै पनि रातमा निद्रा नलाग्ने समस्या हुन्छ । यसरी रातमा निद्रा नलाग्ने समस्या हटाउन यसो गर्न सकिन्छः


–रातमा सुत्नुभन्दा पहिले कफी नपिउनुहोस् । यसमा भएको क्याफाइन तत्वले मस्तिष्कलाई सक्रिय बनाइदिन्छ । जसका कारण निद्रा पर्दैन ।


– रातमा सुत्नुभन्दा एक घण्टा पहिले हल्का व्यायाम गर्नुहोस् । यसले मांशपेशीलाई सक्रिय बनाउँदछ र रातमा निद्रा नलाग्ने समस्या कम हुन्छ ।


–बेडरुमलाई सफाचट राख्नुहोस् । सुत्ने कोठाको तापक्रम सन्तुलित बनाउनुहोस् । निद्रा लागेन भने रातमा मधूर संगीतको ध्वनी लगाएर तथा हल्का प्रकाशयुक्त बत्तीको प्रयोग गरेर ओछ्यानमा पल्टिनुहोस्, विस्तारै निद्रा आउँछ ।


–रातमा सुत्नुभन्दा पहिले मोबाइल, ट्याबलेट, कम्प्युटर तथा टेलिभिजन जस्ता विद्युतीय सामानको प्रयोग नगर्नुस् ।


–सुत्नुभन्दा अघि नियमित रुपमा एक गिलास तातो दुध पिउने गर्नुहोस् । यसले रातमा मीठो निद्रा जगाइदिन्छ ।



रातमा निद्रा लाग्दैन, अपनाउनुस् यी उपाय
Advertisements:

0 comments:

Post a Comment

Recent Posts