Subscribe Twitter FaceBook

Pages

Wednesday, August 3, 2016

ओलीलाई प्रचण्डको जवाफः फास्ट ट्र्याक हामी नै बनाउँछौं, तपाईको साथ चाहिन्छ

Advertisements:

Prachand-in-Parliament


१९ साउन, काठमाडौं । प्रधानमन्त्री बन्न लागेका माओवादी अध्यक्ष प्रचण्डले फास्ट ट्र्याक सरकारले नै बनाउने बताएका छन् । राजीनामा दिने क्रममा वर्तमान प्रधानामन्त्री केपी शर्मा ओलीले फास्ट ट्र्याक के हुन्छ भनेर प्रश्न गरेका थिए ।


संसदमा प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत गर्दै प्रचण्डले ओलीले उठाएका प्रश्नहरुको जवाफ दिए । फास्ट ट्र्याक नेपाल सरकारले नै बनाउने निर्णयमा आफूहरुको स्वामित्व रहेको भन्दै उनले भने, ‘फास्ट ट्र्याक बनाउँछौं हामी । तपाईको जोडदार साथ चाहिएको छ । त्यो निर्णयमा हाम्रो स्वामित्व छ । राज्यले अगाडि बढाउँछ ।’


ओली अहिले त प्रधानमन्त्री रहेको र केहीबेरमा विपक्षी दलको नेता बन्दै गरेको भन्दै उनले भने, ‘प्रधानमन्त्रीजी तपाईले के सोच्नु भएको छ ? कसरी कुन पैसा ल्याएर बनाउने ? स्रोत देखाइदिनुस् । तपाईले देखाएको स्रोत प्रयोग गरेर बनाउन तयार छु । मलाई सिधा, सरल र वुझिने भाषामा सम्झाइदिनस् ।’


उनले अघिल्लो सरकारले जिल्ला जिल्लामा जहाँ बजेट छुटि्टएको छ, त्यो हुबहु कार्यान्वयन गर्ने बताए । उनले अघि भने, ‘तर, जहाँ बजट छुटिट्एको छैन, सपनामात्र बाँडिएको छ । कहिले काहीँ ति सपना मनोरन्जक र आकर्षक हुन सक्छन् । पाइप लाइन, पानी जहाज र आकासको तारा झार्ने कुरा गरे पनि सपना नै हुन्छ ।’


बजेट नभएको ठाउँमा बजेटको व्यवस्था गरेर अझ जनमुखी बनाउन प्रयास गर्ने उनले बताए ।


प्रधानमन्त्री बन्दै गरेका प्रचण्डले दुई छिमेकी मुलुलक चीन र भारतसँग भएको नेपालको जनताका हितमा भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।



ओलीलाई प्रचण्डको जवाफः फास्ट ट्र्याक हामी नै बनाउँछौं, तपाईको साथ चाहिन्छ
Advertisements:

0 comments:

Post a Comment

Recent Posts