Subscribe Twitter FaceBook

Pages

Wednesday, August 17, 2016

मंसिरमै स्थानीय चुनाव गर्न दबाव दिने एमालेको निर्णय

Advertisements:

UML-Party-Office


१ भदौ, काठमाडौं । नेकपा एमालेले आगामी मंसिर महिनामै स्थानीय तहको चुनाव गराउन सरकारलाई दबाव दिने निर्णय गरेको छ ।


एमाले स्थायी कमिटीको बैठकले सरकारलाई दबाव दिन पूरै पार्टी पंक्ति परिचालन गर्ने निर्णय गरेको हो ।


एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले आगामी मंसिरमा स्थानीय निकायको, वैशाखमा प्रादेशिक र अर्को मंसिरमा केन्द्रीय चुनाव गराउने निर्णय गरेको थियो । तर, कांग्रेस-माओवादी गठवन्धनको नयाँ सरकारले चैतमामात्रै स्थानीय चुनाव गराउने तयारी गरेको छ ।


मंसिरमा चुनाव नगर्ने सरकारको तयारीलाई एमालेले संविधान कार्यान्वयन नगर्ने षडयन्त्र भन्दै आएको छ ।


बुधबार बसेको स्थायी कमिटी बैठकले एमाले सरकारको योजना कार्यान्वयन गर्न दबाव दिने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।


उनका अनुसार दबाव अभियान अन्तर्गत देशव्यापी कार्यकर्ता परिचालन गरिने छ ।



मंसिरमै स्थानीय चुनाव गर्न दबाव दिने एमालेको निर्णय
Advertisements:

0 comments:

Post a Comment

Recent Posts