Subscribe Twitter FaceBook

Pages

Thursday, August 4, 2016

विमल घर्तीमगर एक्सटेपको ब्राण्ड एम्बेसडर

Advertisements:

Xtep-Bimal


२० साउन, काठमाडौं । नेपालमा कारोबार सुरु गरेको चिनियाँ स्पोर्टस ब्राण्ड एक्सटेपको आधिकारिक बिक्रेता रेनबो प्रालिले नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर बिमल घर्तीमगरलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।


भर्खरै सुरु गरिएको ब्राण्डको विस्तार गर्न फुटबल बिमललाई रोजिएको रेन्बो प्रालिले जनाएको छ ।


खेलकुद किटका साथै सम्पूर्ण पोसाकहरु यहाँ उपलब्ध हुने भएकाले खेलाडीहरुको प्रमुख गन्तव्य बन्ने विश्वास कम्पनीले लिएको छ ।


काठमाडौं न्युरोडस्थित रञ्जनागल्लीमा प्रमुख आउटलेट रहेको यस कम्पनीले प्रमुख सहरहरु पोखरा, नारायणघाट, बुटवल, भैरहवा, विराटनगर, धरान, लगायतमा आउटलेट विस्तार गर्ने योजना बनाएको छ ।



विमल घर्तीमगर एक्सटेपको ब्राण्ड एम्बेसडर
Advertisements:

0 comments:

Post a Comment

Recent Posts