Subscribe Twitter FaceBook

Pages

Monday, August 15, 2016

झापामा भदौदेखि स्वास्थ्य बीमा

Advertisements:

Health-Insurence


३१ साउन, झापा । सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम झापामा आगमी भदौ १ गते लागू हुने भएको छ । विर्तामोडको बी एन्ड सी टिचिङ हस्पिटलले स्वास्थ्य बीमाका लागि सरकारसँग सम्झौता गरेपछि स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको हो ।


हस्पिटलका तर्फबाट कार्यकारी निर्देशक दुर्गा प्रसार्इं र सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । योसँगै अब बी एन्ड सीले सरकारले तोकेको ६६ वटै रोगको उपचार बीमा कार्यक्रममा समेट्नेछ ।


निजी क्षेत्रबाट सञ्चालित अस्तपालमध्य स्वास्थ्य बीमा कार्यक्रम सुरुगर्ने यो नै पहिलो अस्पताल भएको निर्देशक प्रसाईंको दाबी छ ।


कति खर्च लाग्छ ?


स्वास्थ्य बीमाका लागि ५ जना सम्मको परिवारले वाषिर्क २ हजार ५ सय रुपैयाँ तिर्नु पर्छ । र, त्यो परिवारका सदस्यलाई ५० हजार रुपैयाँसम्मको स्वास्थ्य सेवा (उपचार, निदान र औषधि) प्रदान गरिनेछ ।


५ जनाभन्दा बढी सदस्य भएका परिवारले प्रति सदस्य ४ सय २५ रुपैयाँका दरले बीमा रकम थप्नुपर्नेछ । तर, त्यस्तो परिवारले प्रतिव्यक्ति थप १० हजार रुपैयाँ बराबरको सेवा पाउनेछन् ।


परिवारको नाताभित्र नपर्ने तर सँगै बसोबास गर्नेलाई पनि परिवारको सदस्य सरह रकम थप्न र सेवा दिलाउन पाइने व्यवस्था छ । स्वास्थ्य बीमा सेवा अहिले समितिले तोकेको स्वास्थ्य संस्थाबाट मात्रै लिन सकिनेछ ।


परिवारको सदस्य धेरै भए के गर्ने ?


सदस्य धेरै भए भिन्न परिवार सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत अधिकतम १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा प्रदान गरिने व्यवस्था मिलाइने समितिले जनाएको छ ।


कुनै परिवारमा १२ जना सदस्य भए दुई वा तीन परिवारको र्फम भरे हुनेछ । बीमा कार्यक्रममा सहभागी हुने परिवारले आफू रहेको स्थानको वा पायक पर्ने प्राथमिक स्वास्थ्य केन्द्र वा अस्पताल उल्लेख गर्नुपर्ने र उपचार पनि सोही स्थानमा गर्नुपर्ने व्यवस्था गरेको छ ।


ती निकायले उपचार गर्न नसकेमा मात्र अन्यत्र जान पाइन्छ । यदि अन्यत्र उपचार गरेमा ५० प्रतिशत आफैँले बेहोर्नुपर्ने व्यवस्था गरिएको छ ।



झापामा भदौदेखि स्वास्थ्य बीमा
Advertisements:

0 comments:

Post a Comment

Recent Posts