Subscribe Twitter FaceBook

Pages

Tuesday, August 9, 2016

आयो ‘छक्का पन्जा’ ट्रेलर, कमेडी संवादले खुब हसाउँछ

Advertisements:

Deepak N Priyanka (3)

बर्षकै प्रतिक्षित चलचित्र ‘छक्का पन्जा’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक भएसँगै यसले युटुबमा दर्शकको उल्लेख्य साथ पाउने लक्षण देखाएको छ ।

दीपाश्री निरौलाले पहिलो पटक निर्देशन गरेको चलचित्रको ट्रेलरलाई कमेडी संवादले भरिएको छ । दीपकराज गिरी, वुद्धी तामाङ, जीतु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल लगायतका कलाकारले ट्रेलरमा खुबै हसाएका छन् ।


साथमा पि्रयंका कार्की, नम्रता सापकोटा र बर्षा राउत पनि चलचित्रको आकर्षण बनेका छन् । चलचित्रको ट्रेलर हेर्दा यसले गरिबी, बेरोजगारीको कथालाई रोचक तरिकाले प्रस्तुत गरेको स्पष्ट हुन्छ ।


काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । कुञ्जना घिमिरे, निशान बजगाँइ, सुमन गिरी, केदार घिमिरे, जीतु नेपाल, दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माको चलचित्रमा लगानी छ । यो चलचित्र भदौ २४ गतेबाट रिलिज हुँदैछ ।



आयो ‘छक्का पन्जा’ ट्रेलर, कमेडी संवादले खुब हसाउँछ
Advertisements:

0 comments:

Post a Comment

Recent Posts