Subscribe Twitter FaceBook

Pages

Tuesday, August 16, 2016

पूर्वराष्ट्रपति यादवलाई १० लाख उपचार खर्च दिने सरकारको निर्णय

Advertisements:

Rambaran-Yadav


३१ साउन, काठमाडौं । सरकारले पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई १० लाख उपचार खर्च दिने निर्णय गरेको छ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको दोस्रो मन्त्रिपरिषद बैठकले साउन २१ गते नै यो निर्णय गरेको पाइएको छ । तर, सरकारले बाहिर ल्याएको थिएन ।


पूर्वराष्ट्रपति यादवलाई भारतको चण्डीगढस्थित पिगमेर अस्पतालमा उपचार गर्नका लागि पेश्की स्वरुप दश लाख उपलब्ध गराउने निर्णय गरेको स्रोतले जनाएको छ । अस्पतालमा उपचार भएको बिल पेश भएपछि हिसाब मिलान गर्ने मन्त्रिपरिषदको निर्णय छ ।


पूर्व राष्ट्रपति डा. यादवको प्रोष्टटेड ग्रन्थीमा समस्या देखिएपछि उपचारका लागि अहिले दिल्लीमा छन् । उनी उपचारका लागि दुई हप्ताअघि दिल्ली गएका थिए ।



पूर्वराष्ट्रपति यादवलाई १० लाख उपचार खर्च दिने सरकारको निर्णय
Advertisements:

0 comments:

Post a Comment

Recent Posts