२१ साउन, काठमाडौं । एभरेष्ट बैंक र यूकेएड सक्षमबीच वित्तिय सेवा पहुचँ अन्र्तगत एभरेष्ट बैंक सेवा परियोजनाका लागि सम्झौता भएको छ । होटल सांगि्रलामा आयोजित भएको कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालीया र यूकेएड सक्षम एक्सेस टू फाइनान्सका टिम लिडर बलजित बोहराले सम्झौतामा हस्ताक्षर गरे ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ कार्यक्रमका प्रमुख अतिथी थिए । कार्यक्रममा अर्थ मन्त्रालयका उप-सचिव किसानसिँह बस्नेत, डिएफआइडी नेपालका निजी क्षेत्र विकास सल्लाहकार रवि रायमाझी तथा राष्ट्र बैंक र एभरेष्ट बैंकका उच्चपदस्थ अधिकारीहरुको उपस्थिती थियो ।
सम्झौतापछि एभरेष्ट बैंकले बैंकिंग सेवा नपुगेको समाजको विभिन्न क्षेत्रहरुमा शाखारहित बैंकिंगमार्फत सर्वसाधारणलाई अभ्यस्त गराउनेछ ।
वित्तिय साक्षरता कार्यक्रम मार्फत जनचेतना अभिवृद्धि गर्नुका साथै व्यक्तिगत, कृषि सहकारीहरु तथा साना लघु उद्यमहरुको वित्तिय आवश्यकतालाई पुरा गर्नेछ ।
एभरेष्ट बैंक र यूकेएड सक्षमबीच वित्तिय सेवा पहुँच परियोजनाको सम्झौता
0 comments:
Post a Comment