Subscribe Twitter FaceBook

Pages

Thursday, August 11, 2016

दीपकको गुनासो कसले सुन्ने ? ‘हाइ ब्रो’ भन्नेलाई गिरीको यस्तो जवाफ

Advertisements:

dipakraj giri

नेपाली चलचित्रका मेकरहरु अरुको चलचित्रको आयू तोकिदिन सिपालु छन् । कसैको चलचित्र रिलिज नुहँदै ‘पानी माग्दैन, असफल हुन्छ’ भन्दै चोक-चोकमा गफ लगाउन मेकरहरु नै अगाडि सर्छन् ।


त्यसको चलचित्र चलोस् न अनी मैले जानेको छु भन्दै औलो ठड्याउने मेकरहरुको संख्या पनि धेरै छ । सायद, यही कुराले सफल मेकरको रुपमा परिचय बनाउँदै गएका कलाकार दीपकराज गिरीलाई चित्त दुखाएको हुनसक्छ ।


दीपकले एक कार्यक्रममा मुखै फोरेर यस बिषयमा गुनासो गरे । उनले भने-‘यहाँ संगसंगठनको अभाव छैन । तर, कसैले पनि चलचित्रकर्मीको हितका लागि काम गर्दैनन् । अन्य क्षेत्रमा संघसंस्थामा एकता छ । तर, एकता नभएको हाम्रै चलचित्र क्षेत्रमा मात्र होला ।’


उनले निर्माताले जुन समस्या परेको खण्डमा पनि एक्लै लड्नु पर्ने बताए । यस्तै, आफू भन्दा ठूलालाई आदर गर्ने संकार हराएको दीपकको आरोप छ । आफू भन्दा ठूलोलाई ‘हाइ ब्रो’ भन्दै हिड्नेहरुको जमात बढेको दीपकले बताए । उनले आफूभन्दा ठूलालाई आदर गर्न अहिले आएका नयाँ चलचित्रकर्मीलाई आग्रह गरे ।


नेपाली चलचित्र भित्र खुलेका विभिन्न संघसंस्था अहिले अर्थहिन बनेका छन् । चुनावको समयमा चहलपहल गर्ने संघसंस्थाका प्रतिनिधी त्यसपछि सुस्ताउने गरेका छन् । जसले गर्दा चलचित्रकर्मीलाई पर्ने समस्या उनीहरुले व्यक्तिगत रुपमा हल गर्नुपरेको छ ।



दीपकको गुनासो कसले सुन्ने ? ‘हाइ ब्रो’ भन्नेलाई गिरीको यस्तो जवाफ
Advertisements:

0 comments:

Post a Comment

Recent Posts