Subscribe Twitter FaceBook

Pages

Monday, August 15, 2016

नेपालले नेदरल्याण्ड्सलाई दियो २१८ रनको लक्ष्य

Advertisements:

Paras-Khadka


३१ साउन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले नेदरल्याण्ड्ससामू २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।


टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २१७ रन बनायो ।


नेपालले ६५ रन जोड्दा ३ विकेट गुमाएको थियो । तर, पारस खड्का र सागर पुनले नेपाली पारी सम्हाले । उनीहरुले चौथो विकेटका लागि ११८ रनको साझेदारी गरे ।


खड्का ८४ रनमा आउट भए । पुनले ४५ रन बनाए । यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाएका थिए ।



नेपालले नेदरल्याण्ड्सलाई दियो २१८ रनको लक्ष्य
Advertisements:

0 comments:

Post a Comment

Recent Posts