Subscribe Twitter FaceBook

Pages

Friday, August 12, 2016

अर्जेन्टिनाका प्रशिक्षक बौजाले मेस्सीलाई भेटे

Advertisements:

Bauza२८ मंसिर, काठमाडौं । अर्जेन्टिनाका नयाँ प्रशिक्षक इडगार्डो बौजाले अन्तत लिओनल मेस्सीसँग भेट गरेका छन् ।


उनले बार्सिलोलामै पुगेर मेस्सी र जाभियर मासेरानोसँग भेटेका हुन् । बार्सिलोनाले घरेलु मैदानमा ग्राम्पर ट्रफीका लागि सामडोरियासँग खेल्ने क्रममा प्रशिक्षक बौजा त्यहाँ पुगेका थिए ।


मेस्सीलाई भेटेपछि अर्जेन्टिनाका प्रशिक्षक बौजाले आफूहरुले मेस्सीको सन्यास फिर्ताबारे कुरा नभएको बताएका छन् । उनले भने, त्यहाँ केबल फुटबलको चर्चा भयो ।’


बौजाको लक्ष्य २०१८ को विश्वकपका लागि अर्जेन्टिनी स्टार मेस्सीको सन्यास फिर्ता गराउनु नै छ । तर, आगामी सेप्टेम्बरमा हुने विश्वकप छनौट अन्तरगत उरुग्वे र भेनेजुएलाविरुद्धको खेलका लागि मेस्सीलाई टिममा बोलाइन्छ बोलाइँदैन प्रष्ट भएको छैन ।


कोपा अमेरिकाको फाइनलमा चिलीसँग हारेपछि मेस्सीले केही समय अघि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । तर, सन्यास फिर्ता लिन अर्जेन्टिनाको दबाव छ  ।



अर्जेन्टिनाका प्रशिक्षक बौजाले मेस्सीलाई भेटे
Advertisements:

0 comments:

Post a Comment

Recent Posts