Subscribe Twitter FaceBook

Pages

Wednesday, August 10, 2016

पूरक बजेट आउँदैन: अर्थमन्त्री महरा

Advertisements:

Krishna-Bahadur-Mahara


२५ साउन, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले पूर्व सरकारले पेस गरेको बजेटलाई नै निरन्तरता दिइने बताएका छन् ।


अर्थ मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गर्नुभएको बजेटलाई नै अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे । उनले भने, राजनीतिक पूर्वाग्रह नराखी अगाडि बढ्छौँ, त्यो बजेटमा हाम्रो पनि स्वामित्व छ ।’


उनले अरु विधेयकलाई चालु सदनबाटै पास गरिने र पूरक बजेट नल्याउने भन्दै उनले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाए ।


पछिल्लो समयमा पुँजी बजारमा आएको उतारचढावका विषयमा उनले भने, ‘नेप्सेमा आएको परिवर्तन सरकार परिवर्तनसँग सम्बन्धित छैन, पुँजी बजारलाई सरकार परिवर्तनसँग जोड्न मिल्दैन ।’


अर्थमन्त्री महराले पुँजी बजारका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्की र नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियासँग छलफल गरेका थिए ।


छलफलका क्रममा पुँजीबजारमा देखिएको उतारचढाव सरकार परिवर्तनले नभई प्राविधिक एवम् बजारको प्रकृतिअनुसार भएको हो, यसबाट लगानीकर्ता आत्तिनु नपर्ने निकर्ष निकालिएको उनको भनाइ थियो ।


 


 



पूरक बजेट आउँदैन: अर्थमन्त्री महरा
Advertisements:

0 comments:

Post a Comment

Recent Posts