Subscribe Twitter FaceBook

Pages

Saturday, August 13, 2016

साउनभित्रै विशेष दूत बेइजिङ र दिल्ली जाने, उच्चस्तरीय भेटवार्ताको आश्वासन

Advertisements:

bimalendra and mahara२९ साउन, काठमाडौं । उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरा साउनभित्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रूपमा क्रमश: भारत र चीन जाने भएका छन् ।


सरकारले बिहीबार उपप्रधानमन्त्रीद्वयलाई विशेष दूतका रूपमा पठाउने निर्णय गरेसागै भारत र चीनसाग कूटनीतिक च्यानलमार्फत सम्पर्क अघि बढाइसकेको छ ।


दुवै उपप्रधानमन्त्री एउटै मितिमा भारत र चीन जाने तयारी भइरहेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।


भारत र चीन दुवैले सरकारी निर्णयप्रति सकारात्मक ‘रेस्पोन्स’ गरेको प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतले जनाएको छ । ‘उहाँहरू साउनभित्रै जाने सम्भावना रहेको भन्ने सूचना आएको छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘एकैदिन दुवैतिर जाने गरी तयारी भएको छ, भारत र चीनले सरकारको निर्णयलाई स्वागत गरेका छन् र उच्चस्तरीय भेटवार्ताको आश्वासन दिएका छन् ।’


परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले पनि भ्रमणबारे तयारी भइरहेको बताए । भ्रमणबारे काठमाडौंस्थित भारत र चीनको दूतावासमार्फत सरकारले दुवै देशको उच्चस्तरीय नेतृत्वसँग सम्पर्क गरेको छ ।


चिनियाँ राजदूत वु चुन्थाई र भारतीय राजदूत रणजित रायले सम्बद्ध मुलुक विशेष दूतलाई स्वागत गर्न प्रतीक्षारत रहेको प्रारम्भिक प्रतिक्रिया सरकारलाई दिएका छन् ।



साउनभित्रै विशेष दूत बेइजिङ र दिल्ली जाने, उच्चस्तरीय भेटवार्ताको आश्वासन
Advertisements:

0 comments:

Post a Comment

Recent Posts