Subscribe Twitter FaceBook

Pages

Wednesday, August 10, 2016

सुरु भयो ‘टाटा मोटर्स् कार मेला-सिजन ४’

Advertisements:

tata-car-mela-4

२६ साउन, काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिको आयोजनामा ‘टाटा मोटर्स् कार मेला, सिजन-४’ आजदेखि काठमाडौंको नक्साल ब्याङ्क्वेटमा सुरु भएको छ ।


पूर्ण पारिवारिक माहोलमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरिएको मेलामा टाटा पेसेन्जर गाडीहरुको आकर्षक रेन्ज, बिना झन्झट तुरुन्तै गाडी एक्सचेन्ज अफर, सहज फाइनान्स सुविधा उपलब्ध छन् ।


यस्तै फुड स्टल, बी-बोइङ, नेल पेन्टिङ, गेम स्टल एवम् खेल प्रतियोगिताहरु, सांगीतिक कार्यक्रम र आकर्षक उपहारले दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने कम्पनीले जनाएको छ ।


मेलामा गाडीको निःशुल्क पूर्ण तथा थर्ड पार्टी बीमाको सुविधा, ६.५ प्रतिशत आकर्षक ब्याजदर र ४ लाख सम्मको फाइदा प्रदान गरिने सिप्रदीले जानकारी दिएको छ ।


उत्कृष्ट भ्यालुयशनलाई १ सेट मिसलिन टायर, हरेक टेस्ट ड्राइभमा २ वटा मुभी टिकट, बुकिङ गर्नेहरुमध्ये १ जनाको लागि ईन्भर्टर र लक्की बुकिङमा १ जोडीलाई फ्री थाइल्याण्ड ट्रिप समेत प्रदान गरिनेछ ।


विशेष टाटाका कार प्रयोकर्ताहरुका लागि लक्षित गरिएको मेलामा सम्पूर्ण दर्शहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । ४ दिन मेलामा ३ हजार भन्दा बढी दर्शकहरुकोसहभागिता रहने अनुमान छ ।



सुरु भयो ‘टाटा मोटर्स् कार मेला-सिजन ४’
Advertisements:

0 comments:

Post a Comment

Recent Posts