Subscribe Twitter FaceBook

Pages

Friday, August 19, 2016

बोलबम जाँदा हराएका दिगान १२ दिनपछि भेटिए

Advertisements:

३ भदौ, झापा । बोलबम जान्छु भनेर साथीहरुसँग निस्किएका विर्तामोड-२, चारपानेका दिगान थापालाई १२ दिनपछि फेला पारिएको छ । उनलाई प्रहरी र स्थानीयवासीको टोलीले बिहीबार साँझ फेला पारेको हो ।


Baneka-Thapa‘माथिल्लो झरनामा केही शंकास्पद व्यक्ति छन् भन्ने खबर आयो’, इलाका प्रहरी कार्यालय, झिलझिलेका प्रहरी निरीक्षक कुन्दन देवले भने, ‘त्यसपछि हामी त्यसतर्फ गएका थियौं । त्यहाँ उनलाई भेट्न सफल भइयो ।’


अचेत अवस्थामा रहेका उनलाई खोंचबाट प्रहरीले उद्धार गरिएको हो । उनलाई साँझ नै विर्तामोडस्थित वी एण्ड सी हस्पिटलमा उपचारका लागि ल्याइएको छ ।


साउन २३ गते राति करिब ११ बजे उनी घरबाट निस्किएका थिए । उनीसँगै साथी मिलन गुरुङ पनि थिए । त्यसपछि उनीहरु सताक्षीधाम मन्दिर छेउमा मोटरसाइकल राखेर झरनातिर गएका थिए ।


आफू निक्कै गलेको भन्दै साथी मिलन माथिल्लो झरना गएनन् । तर, दिगान भने गए । त्यसबेला नै उनी भिरबाट लडेर खोंचमा परेको हुनसक्ने अनुमान गरिएको थियो ।



बोलबम जाँदा हराएका दिगान १२ दिनपछि भेटिए
Advertisements:

0 comments:

Post a Comment

Recent Posts