Subscribe Twitter FaceBook

Pages

Tuesday, August 16, 2016

१५ सय बर्ष अगाडिको कथामा फिल्म बन्दै, ‘सलहेस’ राजाको बिषय पर्दामा

Advertisements:

Salahes 01

नेपालमा ऐतिहासिक कथामा चलचित्र विरलै बनेका पाइन्छन् । सफल मेकरहरु व्यवसायिक चलचित्र बनाउन मात्र लागिपरेको देखिन्छ । तर, एउटा टिमले अब १५ सय बर्ष अगाडिको एउटा ऐतिहासिक कथामा चलचित्र बनाउने भएको छ ।


मिथिलाका राजा ‘सलहेस’को बिषयमा आधारित रहेर ‘सलहेसः द पिपुल्स हिरो’ नामक चलचित्र बन्ने भएको हो । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रका लागि लामो समयदेखि अनुसन्धान गरिएको जानकारी दिइयो ।


यो चलचित्रलाई अमितेश शाहले निर्देशन गर्नेछन् । भोर कम्पनी प्रालीको प्रस्तुतिमा बन्ने यो चलचित्रका मुख्य पात्र सलहेस मिथिलामा राजा जनकपछिको प्रादुर भाव भएका व्यक्तित्वको रुपमा परिचित छन् । चलचित्रका निर्माता समेत रहेका राजकुमार महत्तोले लामो समयको रिसर्चपछि आफूले चलचित्र बनाउने तयारी गरेको बताए ।


यो चलचित्र करिब ३ करोडको बजेटमा बन्ने बताइएको छ । चलचित्रका लागि कलाकार फाइनल गरिएको छैन । सुरुमा त्यतिबेलाका पात्रहरुको स्केच तयार गर्ने र सोही अनुसार पात्र छनोट गर्ने निर्देशकको भनाई छ ।


चलचित्रको छायांकन धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा, चितवनका साथमा भारतका विभिन्न स्थानमा गरिनेछ । ६ महिना प्री पोडक्शन सकेपछि चलचित्रको छायांकन सुरु गरिने र करिब २० महिना भित्रमा रिलिज गर्ने तयारी गरिएको छ ।


पाचौ-छैठौ शताब्दीमा मिथिलामा आफ्नो पराक्रम र चमत्कारिक नेतृत्वले गर्दा सलहेस चर्चामा थिए, जसको आजपनि पूजा गर्ने गरिन्छ । सिरहाको लाहानदेखि ४ किलोमिटर पश्चिममा उनको नाममा राखिएको सलहेश फूलबारी समेत छ । हरेक बर्षको नयाँ बर्षमा यो फूलबारीमा फूल फूल्ने गर्दछ । वैशाख १ गते लाग्ने ठूला मेलामा नेपाल र भारतका लाखौ मानिस यहाँ पुग्ने गरेका छन् । यही कथालाई पर्दामा उतार्न लागिएको हो ।


डाक्टर राजेन्द्र विमलको कथा, महेन्द्र मलगिंयाको संवाद, अमितेश शाहको पटकथा, पुरुषोत्तम प्रधानको छायांकन चलचित्रमा रहनेछ । चलचित्रमा सलहेस, रेशमा, कुसमा र दौना, चूहडमल, चन्द्रावती, करिकन्हा, मोतीराम, वुधेसर, सुगाहिरामन, अन्हेरबाँट, केबला किराँत लगायतका पात्रहरु रहनेछन् ।



१५ सय बर्ष अगाडिको कथामा फिल्म बन्दै, ‘सलहेस’ राजाको बिषय पर्दामा
Advertisements:

0 comments:

Post a Comment

Recent Posts