Subscribe Twitter FaceBook

Pages

Tuesday, August 16, 2016

निर्देशक रोज राणामाथि खुकुरी प्रहार, निर्देशकको नाम लिएका छन् उनले

Advertisements:

rose rana

निर्माता तथा निर्देशक रोज राणामाथि खुकुरी प्रहार भएको छ । निर्माता तथा निर्देशक राणालाई काठमाण्डौको मध्यबाँनेश्वरमा खुकुरी प्रहार गरिएको हो । रत्नराज्यलक्ष्मी स्कुल अगाडि रहेको सेन्टर क्याफे बाहिर बसिरहेका रोजलाई खुकरी हानिएको हो । उनको दाहिने हातमा गम्भिर चोट लागेको छ । उनलाई टाउकोमा प्रहार गरिएको थियो, तर रोजले छेकेकाले हातमा गम्भिर चोट लागेको हो ।


अहिले उनको काठमाण्डौको ग्रान्डी अस्पतालमा उपचार भैरहेको छ । उनको हातको अप्रेशन भैरहेको छ । खुकुरी कसले प्रहार ग¥यो भन्ने खुलेको छैन । उनलाई ३ जना व्यक्तिले खुकुरी प्रहार गरेको वुझिएको छ । बाइकमा आएका ३ जनाले उनीमाथि खुकुरी हानेका थिए । सुरुमा उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो । प्रहरी श्रोतका अनुसार उनले केही निर्देशकको नाम लिएका छन् । तर, प्रहरीले नाम खुलाउन चाहेको छैन । प्रहरीको प्रारम्भिक अनुसन्धानमा चलचित्र सम्बन्धी विवादकै कारण घटना भएको देखिएको छ ।


अपराध महाशाखा र काठमाण्डौ प्रहरी परिसरले अहिले घटनाको अनुसन्धान भैरहेको जनाएको छ । घटनामा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरिएको छ । रोजले निर्देशन गरेको पहिलो फिल्म ‘जय परशुराम’ अहिले हलमा लागिरहेको छ ।



निर्देशक रोज राणामाथि खुकुरी प्रहार, निर्देशकको नाम लिएका छन् उनले
Advertisements:

0 comments:

Post a Comment

Recent Posts