Subscribe Twitter FaceBook

Pages

Wednesday, August 17, 2016

ब्राजिल हार्‍यो, स्वर्ण जित्ने सपना टुट्यो

Advertisements:

Brazil, Sweden१ भदौ, काठमाडौं । ब्राजिल रियो आलम्पिक अन्तरगत महिला फुटबलको सेमिफाइनलमा पराजित भएको छ ।


स्वीडेनसँग पेनाल्टीमा ४-३ गोल अन्तरले पराजित हुँदै घरेलु टोली ब्राजिल अन्तिम चारबाटै बाहिरिएको हो । यससँगै महिला फुटबलमा स्वर्ण जित्ने ब्राजिलको सपना टुटेको छ ।


स्वीडेनले अब जर्मनीसँग खेल्नेछ । जर्मनी क्यानडालाई २-० ले हराएर फाइनलमा स्थान बनाएको छ ।


ब्राजिल पहिलो हाफको अन्तिमतिर गोल नजिक पुगेको थियो । तर, स्वीडेनका गोलकिपरले रोकिन् ।



ब्राजिल हार्‍यो, स्वर्ण जित्ने सपना टुट्यो
Advertisements:

0 comments:

Post a Comment

Recent Posts