Subscribe Twitter FaceBook

Pages

Wednesday, August 17, 2016

अनौठो बच्चा जसले भोक लाग्दा आफ्नै अंग खान्छ

Advertisements:

childभनिन्छ पेटको भोक शान्त पार्नका लागि मानिस जे पनि गर्न तयार हुन्छ । तर के तपाइँले कहिल्यै कुनै मानिसले भोक शान्त पार्नका लागि आफ्नै जिउका अंग खाने गरेको सुन्नुभएको छ ? सायद छैन होला । यो दुनियामा एकजना यस्तो बच्चा छ जसले भोक लागेपछि आफ्नै जिउ खान सुरु गर्दछ ।


बेलायतको स्टेफोर्डशायरमा बस्ने ३ वर्षीय गिजर बक्सटनलाई उनका बाबुआमाले २४ सै घण्टा पहरा दिनुपर्छ । ता की उनले आफ्नै अंगहरु नखाउन् ।


यस्तो रोगलाई प्रेेडर विली सिन्ड्रोम भनिन्छ । यस्ता मानिसहरुलाई हर समय भोक लाग्छ र भोक लागेपछि आफ्नै अंग खान थाल्दछन् । यो एउटा जेनेटिक रोग भएकाले पूर्ण उपचार सम्भव छैन । र, भोककै कारण यो रोगले मृत्युको मुखसम्म पूराउने जोखिम पनि हुन्छ आफ्नै जिउ खाँदा खाँदै ।


छोराले भोक लागेर आफ्नै जिउ नखाओस् भन्नका लागि गिजर बक्सटनका आमा मिसेल र बुवा क्रेजले उनलाई सदैव व्यस्त राख्ने कोसिस गर्दछन् । जतिबेला पनि खानेकुरामा ध्यान नजाओस् भनेर खानाबाट पनि टाढै राख्छन् । किचनको दराजमा ताला लगाउँछन् । हरेक हप्ता शपिंग गर्न लैजान्छन् । सबै गर्दा एक हप्तामा उनीहरुले छोराका लागि ३० हजार रुपैयाँ भन्दा बढि खर्चर् गर्दछन् ।


गिजर जन्मेको ३ हप्तामै भावशून्य देखेपछि डाक्टरहरुले उनमा यस्तो रोग भएका पत्ता लगाएका थिए ।


कहिलेकाहीँ उनी भोक लाग्यो भनेर खानका लागि धेरै बेरसम्म रुन्छन् । तर जतिबेला पनि खानेकुरा दियो भने स्वास्थ्य बिगि्रन्छ भनेर गिजरका बाबुआमाले उनको ध्यान अन्यत्रै मोड्ने कोसिस गर्दछन् ।


बेलायतमा यस्तो रोग भएका झण्डै १५ हजार बालबालिका रहेको तथ्यांक छ ।



अनौठो बच्चा जसले भोक लाग्दा आफ्नै अंग खान्छ
Advertisements:

0 comments:

Post a Comment

Recent Posts