Subscribe Twitter FaceBook

Pages

Monday, August 8, 2016

कोमलले नचाईन सिड्नीबासीलाई

Advertisements:

komal oli_austreliyaगैरआवासीय नेपाली संघ अष्ट्रेलियाको वोमेन फोरुम नारी निकुञ्ज अष्ट्रेलियाको आयोजनामा शनिबार सिड्नीमा शनिबार तीज कार्यक्रम सम्पन्न भएको छ ।


करिब ४ घण्टा चलेको यस कार्यक्रममा सहभागी महिलाहरु मन फुकाएर नाचे, रमाइलो गरे र प्रवासको भूमिमा केहीबेर भएपनि तनावलाई बिर्सिए । नारी निकुञ्जले आयोजना गर्ने तीजको दर खाने कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरु पनि गरिएको थियो ।


सिड्नीको ग्रानभिलस्थित ब्लाउजा कम्युनिटी हलमा आयोजित कार्यक्रममा महिलाहरुकाे बाक्लाे उपस्थिति थियो । कार्यक्रममा प्रमुख आर्कषक थिईन चर्चित गायिका कोमल ओली। बिशेष गरी तीज को उपलक्ष्यमा उननले गाउँने नयाँ नयाँ गीत का कारण उनी नेपालमा मात्रै हैन प्रबासमा रहेका नेपालीहरू माझ पनि चर्चित हुँने गर्छिन -‘ अब पोई चाहियो भनेर अर्को पटक म गीत गांउदिन यस पटक नै अन्तिम हो -‘ कोमलको यो भनाईसंगै सिड्नीबासी नेपाली महिला झनै रोमान्चित भएका थिए ।


नेपाली चाडपर्ब र सन्स्कृतिलाई बिदेश मा पनि संरक्षण गर्ने उदेश्य ले नारी निकुन्ज अष्ट्रेलिया ले हरेक बर्ष तीज को दर खाने कार्यक्रम को आयोजना गर्दै अाइरहेको छ।


तीन हप्ता पहिले नारी निकुन्जको दर खाने र नाचगान गर्ने कार्यक्रमले महिलाहरुलाई माइतीको संझना मेटनुका साथै परोपकारी कार्य लाई प्राथमिकता दिने गरेकाे छ । नीकुन्जले नेपालमा पाठेघर झर्ने समस्याबाट पीडित महिलाका लागी उटेरिन प्रोल्याप्स प्रोजेक्ट सन्चालनमा गरेकाे थियो ।


यस पटकको कार्यक्रमबाट संकलित रकमले नारी निकुन्ज को ‘महिला शशक्तिकरण’ कार्यक्रम अन्तर्गत नेपाली महिला उद्धमी संघ सँग मिलेर नेपालमा महिलाहरु को शिपबिकासमा लगानी गर्ने छ ।


निकुन्जले एस प्राययोजन का लागि नेपाली महिला उद्धमी सँग सँग १० लाख रुपैयाँ को एक सम्झौता पत्रमा हस्ताक्षर गरेको कुरा नीकुन्जकी अध्यक्ष सृजना संग्राैलाले बताईन ।


त्यसै गरी लामो समय देखी नेपाली कला, संस्कृति र संचारका क्षेत्रमा आफ्नो जीबनको महत्वपूर्ण समयहरु अर्पण गरेकी गायिका, कलाकार, संचारकर्मी कोमल ओलीलाइ पनि नारी निकुञ्ज अस्ट्रेलियाकाे तर्फवाट बिशेष सम्मान स्वरूप कदर पत्र प्रदान गरेको थियो।


कार्यकरम उपस्थित सम्पूर्ण सहभागिहरु लाई नारी निकुञ्ज अष्ट्रेलियाकी उपसंयोजक दीपा सापकोटाले स्वागत गरेकी थिईन ।


कार्यक्रम को अर्को आकर्शक को केन्द्र बनेको थियो फोटोग्राफर सुधिरा शाह को ‘फोटो कर्नर ‘। युबती हरु मात्र हैन उमेर ढल्केका महिलाहरु पनि पोज दिदै रमाएका थिए फाेटाे कर्नरमा ।



कोमलले नचाईन सिड्नीबासीलाई
Advertisements:

0 comments:

Post a Comment

Recent Posts